२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चामलबाट बनेको घरेलु मदिरा सेवनबाट ११ को मृत्यु

२४ बैशाख २०७५, सोमबार ११:५९

वैशाख २४ न्हेमपेन्ह | कम्बोडियाको पूर्वी प्रान्तको क्रिटिए क्षेत्रमा चामलबाट बनेको घरेलु मदिराको सेवनबाट कम्तीमा ११ व्यक्तिको मृत्यु भएको समाचार छ । 

कम्बोडियाको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार यस्तो मदिरा विषाक्त भएकोले उक्त मदिराको सेवन गर्ने ११ जनाको ज्यान गएको जनाइएको छ । 

उक्त मदिरा सेवनका कारण अन्य १३८ व्यक्ति बिरामी भई अस्पताल भर्ना भएका पनि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ । 

चिटबोरे जिल्लाको स्रेनोन र आलोच गाउँको कान्टुओट समुदायमा सो दुर्घटना भएको जारी विज्ञप्तिमा थप जानकारी दिइएको छ । 

सो मदिरा सेवनबाट पेटदुख्ने र वान्ता हुने जस्ता समस्या आएपछि उनीहरुलाई अस्पताल लगिएको थियो । उनीहरुमध्ये ११ जनाको अस्पतालमै मृत्यु भएको बताइएको छ । 

उपचारको लागि भर्ना भएकाको स्वास्थ्य अवस्थामा गरिएको अनुसन्धानबाट उक्त मदिरा नै विषाक्त पाइएको समाचारमा जनाइएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन