Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्याय माग्न गएकी युवती प्रहरीबाटै अन्यायमा परिन्

२०७५, २४ बैशाख सोमबार १५:१६

वैशाख २४, सर्लाही । न्यायका लागि गएकी एक युवती प्रहरीको हातबाट कुटिएकी छन् । सर्लाहीको मलगंवामा प्रेम विवाह गरेकी दलित युवती आफ्ना प्रेमी सित छुट्टिएर बस्न नमानेपछि प्रहरीको हातबाट कुटिएकी हुन् । 

प्रहरीको कुटाइबाट घाइते भएकी युवतीको जिल्ला अस्पताल मलंगवामा उपचार गरिएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका जिल्ला अध्यक्ष राजेश पासवानका अनुसार न्याय माग्न गएकी युवतीलाई प्रहरीले कुटेको थियो । ईश्वरपुर नगरपालिका वडा नं.४ फुलजोर घर भएकी १८ वर्षिया युवती सरस्वती अछामीको स्कुलमा पढ्ने बेला सोही नपाका वडा नं.५ सागरनाथका विकास कटुवाल सँग प्रेम सम्बन्ध गाँसिएको पासवानले बताए । 

सरस्वती तल्लो जातकी भएकीले विकासको घरपरिवारले दुवैको प्रेम सम्बन्धलाई अस्विकार गरेका थिए । उनीहरु भागेर गत २०७४ साल  मंसिर १ गते भारतको दिल्ली पुगेका थिए ।  केही दिनपछि विकासका बुवा विष्णु कटुवाल र उनी सँगै गएका यादव कटुवालले सरस्वतीलाई थाहा नदिइ केटालाई सर्लाही ल्याए । प्रेमीले आफुलाई छाडेर गएको बारे सरस्वतीले काम गर्दै आइरहेकी घरबेटीलाई जानकारी गराएपछि उनले प्लेनको टिकट कटाएर दिल्लीबाट नेपाल पठाइदिइन् । 

घर पुगेपछि उनी वैशाख ४ गते श्रीमान् फिर्ता पाउँ भनि उजुरी लिएर इलाका प्रहरी कार्यालय ईश्वरपुरमा गइन्  । प्रहरीले उनलाई ११ गते केटालाई झिकाएर छलफल गर्ने भनेर पठाए तर केटालाई झिकाउन सकिएन । त्यस पछि उक्त मुद्दा जिल्ला प्रहरी कार्यालय मलंगवा पठाइयो । त्यहाँ दुवै पक्षलाई बोलाएर छलफल गराइयो । केटाका अभिभावकले प्रहरीको रोहवरमा दुवै जनालाई छुट्टाउनको लागि तयार पारिएको कागजमा जबर्जस्ती औंठा छाप(ल्याप्चे)लगाउन लगाइएको पीडित युवतीले रुँदै बताइन् । केटा(विकास) पनि केटी (सरस्वती ) बिना बाँच्नै नसक्ने भन्दै प्रहरी कार्यालयबाट बाहिरिने बित्तिकै मलंगवामै रहेको एक मन्दिरमा विवाह गरिन् । दुवै जना छुट्टिन नमानेपछि सँगै रहेका प्रहरीले केटीको चुल्ठो (कपाल) समातेर सार्वजनिक स्थलमै निर्ममता पुर्बक कुटपिट गरे । 


उनलाई प्रहरी सहायक निरिक्षक आरआरपी सिंहले कुटपिट गरेको पीडितकी आमा बुद्धमाया तोलङ्गीले बताएकी छिन् । युवतीको उपचार जिल्ला अस्पतालमा चलिरहँदा केटालाई उनका अभिभावकले आफु सँगै लगेको अध्यक्ष पासवानले बताए । उता जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले भने यस विषयमा आफुलाई कुनै पनि जानकारी नभएको बताए । उपचार पश्चात् पीडित सरस्वतीलाई शनिबार घर लगिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ