१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभिन्न मन्त्रालयका १८ सहसचिवको सरुवा, को कहाँ पुगे ?

२५ बैशाख २०७५, मंगलवार ०६:२२

बैशाख २५, काठमाण्डौ । सरकारले विभिन्न मन्त्रालय र निकायका १८ जना सहसचिवको सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायका सहसचिवको फेरवदल र सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रेमराज जोशीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने भरतपुर महानगरपालिकाको कार्यकारी अधिकृतमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका नेत्र प्रसाद सुवेदीलाई सरुवा गरिएको छ ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सनद केसीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा, उद्योग मन्त्रालयका मधुसुदन वुर्लाकोटीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा, निर्वाचन आयोगका दिनेश कुमार घिमिरेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, निर्वाचन आयोगकै नवराज ढकाललाई उद्योग मन्त्रालयमा र सामान्यको अतिरिक्त समुहमा रहेका कुमारप्रसाद दहाललाई विराटनगर महानगरपालिकाको कार्यकारी अधिकृतमा सरुवा गरिएको छ ।

यसैगरी सामान्यको अतिरिक्त समूहमा रहेका वेदबहादुर कार्कीलाई केन्द्रिय पञ्जिकरण विभागमा, राष्ट्रिय सर्तकता केन्द्रकी प्रमिलादेवी शाक्यलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा, सामान्यको अतिरिक्त समूहमा रहेका मुकुन्दप्रसाद निरौलालाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा, सामान्यको अतिरिक्त समूहमा नै रहेका गंगाराम गेलाललाई निर्वाचन आयोगमा, रक्षा मन्त्रालयका आनन्दराम रेग्मीलाई सामान्यको अतिरिक्त समुहमा सरुवा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

त्यस्तै सरुवा हुने अन्य सहसचिवहरुमा राष्ट्रिय महिला आयोगका तुलसीराम सेढाईलाई रक्षा मन्त्रालयमा, सामान्यको अतिरिक्त समूहमा रहेका कूलप्रसाद चुडाललाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा, वन तथा वातावरण मन्त्रालयका चन्द्रमान श्रेष्ठलाई राष्ट्रिय महिला आयोगमा, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका टिकाराम घिमिरेलाई वन तथा वातावरण मन्त्रालयमा, सामान्यको अतिरिक्त समूहमा रहेका राजेश्वर ज्ञावालीलाई काठमाण्डु महानगरपालिकामा र सामान्यको अतिरिक्त समूहमा रहेका विनोदप्रकाश सिंहलाई उद्योग मन्त्रालयमा सरुवा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । केपी ओली नेतृत्वको सरकारले यस अघि एकै दिन ३० जना सचिवको पनि सरुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह