2026-07-06 05:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभिन्न मन्त्रालयका १८ सहसचिवको सरुवा, को कहाँ पुगे ?

2018-05-08

बैशाख २५, काठमाण्डौ । सरकारले विभिन्न मन्त्रालय र निकायका १८ जना सहसचिवको सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायका सहसचिवको फेरवदल र सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रेमराज जोशीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने भरतपुर महानगरपालिकाको कार्यकारी अधिकृतमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका नेत्र प्रसाद सुवेदीलाई सरुवा गरिएको छ ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सनद केसीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा, उद्योग मन्त्रालयका मधुसुदन वुर्लाकोटीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा, निर्वाचन आयोगका दिनेश कुमार घिमिरेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, निर्वाचन आयोगकै नवराज ढकाललाई उद्योग मन्त्रालयमा र सामान्यको अतिरिक्त समुहमा रहेका कुमारप्रसाद दहाललाई विराटनगर महानगरपालिकाको कार्यकारी अधिकृतमा सरुवा गरिएको छ ।

यसैगरी सामान्यको अतिरिक्त समूहमा रहेका वेदबहादुर कार्कीलाई केन्द्रिय पञ्जिकरण विभागमा, राष्ट्रिय सर्तकता केन्द्रकी प्रमिलादेवी शाक्यलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा, सामान्यको अतिरिक्त समूहमा रहेका मुकुन्दप्रसाद निरौलालाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा, सामान्यको अतिरिक्त समूहमा नै रहेका गंगाराम गेलाललाई निर्वाचन आयोगमा, रक्षा मन्त्रालयका आनन्दराम रेग्मीलाई सामान्यको अतिरिक्त समुहमा सरुवा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

त्यस्तै सरुवा हुने अन्य सहसचिवहरुमा राष्ट्रिय महिला आयोगका तुलसीराम सेढाईलाई रक्षा मन्त्रालयमा, सामान्यको अतिरिक्त समूहमा रहेका कूलप्रसाद चुडाललाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा, वन तथा वातावरण मन्त्रालयका चन्द्रमान श्रेष्ठलाई राष्ट्रिय महिला आयोगमा, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका टिकाराम घिमिरेलाई वन तथा वातावरण मन्त्रालयमा, सामान्यको अतिरिक्त समूहमा रहेका राजेश्वर ज्ञावालीलाई काठमाण्डु महानगरपालिकामा र सामान्यको अतिरिक्त समूहमा रहेका विनोदप्रकाश सिंहलाई उद्योग मन्त्रालयमा सरुवा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । केपी ओली नेतृत्वको सरकारले यस अघि एकै दिन ३० जना सचिवको पनि सरुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै