२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मजदूरलाई बन्दुक देखाएर शान्ति आउँदैनः अध्यक्ष झाँक्री

२०७५, २५ बैशाख मंगलवार ११:०७

बैशाख २५ काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले श्रम ऐन २०७४ ले मजदूरहरुमाथि उत्पीडन गरेको भन्दै खारेजीको माग गरेको छ । रोजगारदाता कम्पनीहरुलाई एकाधिकारवादी बन्न प्रेरित गर्दै ‘हायर एण्ड फायर’ र ‘नो वर्क नो पे’ मार्फत मजदूरहरुको लोकतान्त्रिक अधिकार कुण्ठित गरेको भन्दै महासंघले श्रम ऐन खारेजको माग गरेको हो । 

नेपाल कम्युनिस्ट पार्टी निकट महासंघको मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर हालै पोखरामा सम्पन्न छैटौं राष्ट्रिय सम्मेलनले लिएका निर्णय सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अमर झाँक्रीले मजदूर विरोधी ऐन–कानुन र बन्दुक देखाएर देशमा शान्ति नहुने बताए । उनले भने, “मजदूरमारा ऐन, कानुन ल्याउँदैमा र बन्दुक देखाउँदैमा देशमा शान्ति आउँदैन ।” जीवनभर श्रम गर्ने तर बुढेस् कालमा खाली हात घर फर्किनुपर्ने अवस्था राज्यले नै सिर्जना गरेको भन्दै झाँक्रीले मजदूरलाई नियुक्त, संचय कोष, सामाजिक सुरक्षा कोषा, पेन्सनलगायतका माग रोजगारदाताहरुले पूरा गर्नुपर्ने बताए । 

संसदीय व्यवस्थामा मजदूर वर्गको हित नहुने सम्मेलनले निष्कर्ष निकालेको बताउँदै अध्यक्ष झाँक्रीले वैज्ञानिक समाजवादी व्यवस्थाको लागि हुने संघर्षमा आफूहरुले साथ दिने बताए । 

“संसदीय व्यवस्थामा मजदूर वर्गको हित हुँदैन भन्ने कुरा पुष्टि भइसकेको छ, नेपालको सत्तामा कम्युनिस्ट काँग्रेस जो गएपनि मजदूर वर्गको हित हुँदैन, वैज्ञानिक समाजवादमा मात्रै मजदूरको हित हुने भएकोले त्यसको लागि हुने संघर्षमा हात दिने सम्मेलनबाट निष्कर्ष निकालेको छौं” पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष झाँक्रीले भने । उनले श्रमजीवि वा मजदूरको रुप पनि फेरिएसँगै शोषणको स्वरुप पनि फेरिएको निष्कर्ष निकाल्दै आफूहरुले संघर्षको स्वरुप पनि विगतमा जस्तो नहुने धारणा राखे । 

यही बैशाख १८ देखि २० गतेसम्म पोखरामा सम्पन्न राष्ट्रिय सम्मेलनले १६ बुँदे समसामुयीक प्रस्ताव पारित गरेको छ । 

यस्तो छ १६ बुँदे प्रस्ताव 

१. भारतीय साम्राज्यवाद्वारा हालै नेपालका कञ्चनपुर, झापा, कपिलबस्तुलगायतका अन्य जिल्लाहरुमा भएका सीमा अतिक्रमण तथा अन्य हस्तक्षेपहरुको छैटौं राष्ट्रिय सम्मेलन घोर भत्सर्ना गर्दछ । 

२. देशव्यापी रुपमा राष्ट्रघात, जनघात, भ्रष्टाचार बढ्दो महंगी, कालोबजारीका विरुद्ध संघर्षरत नेकपाका नेता तथा कार्यकर्तामाथि सामाजिक दलाल पुँजीवादी सरकारद्वारा देशव्यापी गरिएको दमन, धरपकड, बेपत्ता र झुट्टा मुद्दाको घोर भत्सर्ना गर्र्दै बेपत्ताको अवस्था सार्वजनिक गर्न र गिरफ्तार नेता, कार्यकर्तालाई निसर्त र तत्काल रिहाई गर्न छैटौं राष्ट्रिय सम्मेलन माग गर्दछ । 

३. सरकारद्वारा जारी गरिएको ‘श्रम ऐन २०७४’ ले मजदूरमाथि थप उत्पीडन गर्न र सरकार एवं रोजगारदाता कम्पनीहरुलाई एकाधिकारवादी बन्न प्रेरित गर्दै ‘हायर एण्ड फायर’, नो वर्क नो पे’ मार्फत मजदूहरुको शान्तिपूर्ण मागपत्र प्रस्तुत गर्ने, सभा सम्मेलन गर्ने र यूनियन दर्ता गर्ने लोकतान्त्रिक अधिकार कुण्ठित गरेकोले उक्त ऐनको खारेज गर्न सम्बन्ध पक्षसँग छैटौं राष्ट्रिय सम्मेलन हार्दिक अपील गर्दछ । 

४. सन् १८१६ देखि यता भारतीय साम्राज्यवादद्वारा लादिएको सम्पूर्ण असमान सन्धी सम्झौताहरु खारेज गरी नयाँ आधारमा विभिन्न समायमा अतिक्रमण गरिएका भू–भागहरु निसर्त फिर्ता गर्न सम्बन्ध पक्षसँग छैटौं राष्ट्रिय सम्मेलन जोडदार माग गर्दछ । 

५. कथित निर्वाचित जनप्रतिनिधिहरुद्वारा देशव्यापी रुरुपमा गरिँदै आएको भ्रष्टाचार, घुसखोरी, महंगी, गुण्डागर्दी विभिन्न उत्पीडनकारी कर असलीलगायतका अतिरिक्त महिलाहरुमाथि देशव्यापी रुपमा भइरहेका ज्यादतिहरु रोक्न तथा मजदूर तथा आम जनवर्गहरुलाई सहजतापूर्वक बाँच्न पाउने अधिकारको ग्यारेण्टी गर्न विभिनन सरोकारवाला संघ संस्थाहरुसँग छैटौं राष्ट्रिय सम्मेलन आग्रह गर्दछ । 

६. अस्थायी, ज्यालादारी, करार र ठेकदारी प्रथाको अन्त्य गरी आधुनिक युगका मूल प्रवाह संवाहक मजदूरहरुलाई स्थायी –नियुक्ति पत्र संचय कोष, सामाजिक सुरक्षा) सहित पेन्सनको व्यवस्था गर्न छैटौं राष्ट्रिय सम्मेलन जोड्दार माग गर्दछ । 

७. वैदेशिक मजदूरहरुमाथि दलालहरुबाट हुने ठूलो रकम असुली, न्यून पारिश्रमिक ज्याला, श्रमको क्षेत्रमा देखा परिरहेको असुरक्षा, प्रतिकुल मौसमका लागि आवश्यक पर्ने प्राविधिक सामाग्रीहरुको अभाव आदिलगायतका अन्य उत्पीडितहरुको अन्त्य गर्न विभिन्न सरोकारवाला पक्षहरुसँग छैटौं राष्ट्रिय सम्मेलन ध्यानाकर्षष गर्दछ । 

८. महिला मजदूरहरुमाथि हुने विभिन्न उत्पीडनहरुको अन्त्य (रेष्टुरेन्ट) वैदेशिक रोजगारीको प्रलोभनमा उनीहरुमाथि भइरहेका उत्पीडन, मानव तस्कर तथा बेचबिखन जस्ता जघन्य अपराध र घरेलु हिंसाको अन्त्य गर्न छैटौं राष्ट्रिय सम्मेलन जोडदार माग गर्दछ । 

९. बिगतमा अन्तर्राष्ट्रिय मानव अधिकारको उलंघन गर्दै नेपालमाथि पटक पटक नाकाबन्दी लगाउँदै आएो भारतीय प्रभुत्वलाई निरन्तरता दिन अरुण–३, उपल्लो कर्णालीलगायत जलस्रोत एवं अन्य साधनस्रोत माथि कब्जा गर्ने मनसायका साथ हुन गइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको छैटौं राष्ट्रिय सम्मेलन घोर भत्सर्ना गर्दछ । 

१०.मजदूर उत्पीडनका विरुद्ध दलाल पुँजिवादको सशक्त प्रतिरोध गर्दै राष्ट्रिय पुँजीपति वर्गसँग संघर्ष र सहकार्य गर्दै अगाडि बढ्ने आगामी मजदूर आन्दोलनको कार्यदिशा हुने छैटौं राष्ट्रिय सम्मेलनको निष्कर्ष रहेको छ । 

११. अन्तर्राष्ट्रि तथा नेपालको क्रान्तिकारी मजदूर आन्दोलनले स्थापित गरेका एजेण्डाहरु (जो राज्यबाट खोसिएको) को पुनः प्राप्तिको लागि संघर्ष गर्दै मजदूर वर्गको वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापनाका लागि महान् तथा बपत्ता योद्धाहरुले देखाएको बाटोमा दृढतापूर्वक अगाडि बढ्ने छैटौं राष्ट्रिय सम्मेलन प्रण गर्दछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ