2026-06-26 02:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL को ४० औं खेलमा पन्जावलाई पराजित गर्दै राजस्थान छैटौं स्थानमा उक्लियो

वैशाख २६, काठमाडौँ | आईपिएल क्रिकेट अन्तर्गत सिजना ११ को ४० औं खेलमा राजस्थान रोयल्सले किंग्स ईलाभेन पन्जाव १५ रनले पराजित गरेको छ | 'मर वा मार' को स्थितिमा रहेको राजस्थानले आफ्नो घरेलु मैदानमा किंग्स इलाभेन पन्जाबलाई १५ रनले पराजित गरेको हो |

खेलमा बिजयी हुँदै राजस्थानले आईपिएलको टप-चारमा पुग्ने सम्भावना जिवितै राखेको छ |


आजको खेलमा १५९ रनको लक्ष्य पाएको पन्जाबको टिमले निर्धारित २० ओभरको खेलमा १४३/७ रन मात्र बनाउन सक्यो | पन्जाबका लागि ब्याट्सम्यान केएल राहुल एक्लैले ९५ रन बनाए तर अन्य ब्याट्सम्यानले ११ रन भन्दा बढी रन जोड्न सकेनन् | निकै बलिया ब्याट्सम्यान क्रिस गेललाई समेत राजस्थानका बलर जोस बटलरले पहिलो बलमै १ रन मात्र बनाउन दिएर आउट गरिदिएका थिए | पन्जावका होनाहार ब्याट्सम्यानहरुलाई सस्तैमा समेट्ने क्रममा राजस्थानका कृष्णप्पा गौतमले २ विकेट लिए भने जोफ्रा आर्चर, जयदेव उन्नदकड, बेन स्टोक्स र इश सोधीले १/१ विकेट लिएका थिए | 


खेलमा पन्जावलाई १५९ रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा राजस्थानका जोस बटलरले सर्वाधिक ५८ बलमा ८२ रन बनाएका थिए | त्यस्तै सन्जु स्यामसनले २२ रन बनाए भने बेन स्टकले १४ रन र स्टर्ट  बिनिले ११ रन बनाए | बाँकी ब्याट्सम्यानले भने ९ रन भन्दा बढी कटाउन सकेनन् | राजस्थानको ३ विकेट पन्जावले अन्तिम ओभरमा लिएको थियो | 

राजस्थानको विकेट लिने क्रममा पन्जावका आन्द्रे टेले मात्र ४ विकेट लिन सफल भए | त्यस्तै मुजिव अर रहमानले २ विकेट र मार्कस स्टोइन्सले १ विकेट लिएका थिए | 


आजको खेलमा जित्दै राजस्थानको टिम १० खेलमा ४ खेल जित्दै सबैभन्दा तल्लो स्थानबाट छैटौं स्थानमा उक्लिन सफल भएको छ भने पन्जाव १० खेलमा ६ खेल जित्दै तेश्रो स्थानमा छ | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने