वैशाख २६, चितवन | अण्डाको मूल्य लगातार बढ्न थालेको छ । वैशाख ६ मा एक क्रेट अण्डाको किसानले पाउने मूल्य ३ सय रुपैयाँ कायम भएको थियो ।
दुई सातापछि नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य फेरि बढाएको छ ।
ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३ सय ३० र मझौलाको ३ सय रुपैयाँ तोकेको छ ।
एक क्रेटमा ३० वटा अण्डा हुन्छन् । – आजको कान्तिपुरमा समाचार छ ।
