२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौंः अध्यक्ष प्रचण्ड

२०७५, २६ बैशाख बुधबार ०६:१४

वैशाख २६ काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताउनुभएको छ । 

आज बिहान आफ्नै निवास खुलमलाटरमा चिनियाँ कम्युनिस्ट पार्टी बेइजिङका उपाध्यक्ष लिजी याङको नेतृत्वको टोलीसँग भेटवार्ता गर्दै अध्यक्ष दाहालले सो कुरा बताउनुभएको हो । 

अध्यक्ष दाहालले भन्नुभयो,‘‘हाम्रो मुख्य ध्येय पर्यटन क्षेत्रको विकास गर्ने भन्ने हो । त्यसका लागि सम्पर्क सञ्जालको विस्तार नै मुख्य कार्यसूची रहेको छ । त्यसमा सडक सञ्जालको विस्तार, रेलमार्गको विस्तार र सम्पर्क सञ्जालको विस्तारबाट मात्र पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ ।’’ 

उहाँले पर्यटन क्षेत्रको विकासका लागि चिनियाँ जनता र सरकारको चासोबारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्ने विश्वास दिलाउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उहाँले प्रधानमन्त्रीका रुपमा पहिलोपटक चीन भ्रमण हुँदा तत्कालिन राष्ट्रपति हु जिन्ताओसँग यही सम्पर्क सञ्जालको विस्तारका विषयमा छलफल भएको स्मरण गर्दै भन्नुभयो, ‘म दोस्रो पटक प्रधानमन्त्री बनेपछि पनि यही विषयमा राष्ट्रपति सि जिङपिङसँग छलफल गरेको छु ।’ 

त्यसैगरी चिनियाँ प्रतिनिधि मण्डलले अध्यक्ष प्रचण्डलाई नेपालको व्यावहारिक नेतृत्व भन्दै उच्च प्रशंसा गरेको थियो । 

उनीहरुले चिनियाँ जनताहरुको आकर्षक गन्तव्य नेपाल भएकाले नेपालको पर्यटन प्रवद्र्धनमा चिनियाँ लगानीकर्ता लोभिएको बताएका थिए । दुई देशको आपसी सम्बन्धबाट नेपालको आर्थिक विकासमा सहयोग पुग्ने प्रतिनिधि मण्डलको नेतृत्व गरेर आएका उपाध्यक्ष लिजी याङले बताउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ