१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के तपाईमा पनि यस्ता लक्षण छ ? सावधान! मुटु रोग पनि हुन् सक्छ

२६ बैशाख २०७५, बुधबार १०:४१

एजेन्सी – सानातिना समस्यालाई बेवास्ता मानवीय स्वभाव हो । तर, सनाना–साना स्वास्थ्य समस्या पनि मुटु रोगका लक्षण हुन सक्छन्  । जब मुटु र रक्तनलिले काम गर्न छोड्छ त्यसपछि शरिरका अन्य असम्बन्धित भागमा पनि यसको लक्षण देखिन्छ,’ टेक्सास ए एन्ड एम हेल्थ साइन्स सेन्टरका मुटुविज्ञ डा जोन इरविन भन्छन् ।  उनका अनुसार मुटु रोगका साझा तर अनौठा लक्षण रहेका छन् । यस्ता समस्याप्रति बेलैमा सचेत भएमा रोग फैलिन र बढ्नबाट जोगिने सकिने उनी बताउँछन् ।

कमजोर यौन गतिविधि

यौन दुर्बलतालाई प्रजनन स्वास्थ्य वा दिमागसँग पनि सम्बन्धित रहेको मान्दै आएको छौं । तर, पुरुषहरुमा यौन दुर्बलता देखिनु पनि मुटु रोगको एक मुख्य लक्षण हो ।  मुटुमा रगत पुर्याउने रगतका धमनीमा समस्या भएमा पुरुषको यौन उत्तेजनामा समस्या उत्पन्न हुन्छ ।

स्त्रीहरुमा यौन रसको स्खलन नहुनु भनेको रजस्वला रोकिन स्कने लक्षण हो । तसर्थ रजस्वला रोकिएपछि मुटु रोगका खतरा बढ्न सक्छ । तर, रजस्वला रोकिनु आफैमा मुटुजन्य समस्या होइन ।

‘रजस्वला रोकिदैमा मुटु रोग ननिम्त्याए पनि रक्तचाप र कोलस्टोलको तहमा परिबर्तन जस्ता निश्चित मुटुसँग सम्बन्धित समस्या रजस्वलाको समयतिर हुने गर्छ ।  यो समयमा अधिकांश महिला अझै निष्क्रिय हुने भएकाले पनि यस्तो जोखिम बढेको हो ।

घुर्ने तथा निन्द्रामा असन्तुलन

घुर्ने मानिसको नजिकै सुत्नु पनि दिक्दारी नै हो । तर, घुराई दिक्दारीको अतिरिक्त  मुटु रोगको लक्षण पनि हो  ।  रातभर सुतेपछि दिउसो पनि निन्द्रा लागे जस्तै घुर्नु पनि निन्द्रा असन्तुलनको एउटा पाटो हो । उनका अनुसार घुर्दाखेरि श्वास–प्रश्वासमा कठिनाई हुने र यसले ह्दयघात तथा स्ट्रोकको खतरा निम्त्याउँछ । घुर्ने व्यक्तिको मुटुको गति यति तीब्र हुन्छ कि जसका कारण कहिलेकाहिँ कमजोर रगत प्रवाह हुन्छ ।

स्खलन

स्खलन र मुटुरोगबीचको सम्बन्धलाई थोरै मानिसहरले प्रष्ट पारेका छन् । तर अस्वस्थ स्खलन मुटुसँगसम्बन्धि समस्या हो । बारम्बारको स्खलनले शरिरमा कम्जोरी ल्याउने इरविन बताउँछन् ।  यसले ह्दयघात र मुटुसँग सम्बन्धित अन्य समस्या निम्त्याउँछ ।

काँध र घाँटीमा दुखाई

ह्दयघात हुँदा अधिकांश मानिसहरुले आफ्नो छातीभित्र हात्ती बसेजस्तै पीडा महशुस गर्छन् । त्यस्तै कतिपयले पाखुरामा एउटा सनसनी समवेदना हुन्छ । तरपनि सबै मानिसहरु ह्दयघातको यस्तो परम्परागत अनुभव महशुस गर्दैनन् । बरु उनीहरुको शरिरमा असजिलो, मांशपेशीमा पीडा र घाँटीमा दबाब वा काँध दुख्छ ।

खुट्टा वा पैताला सुन्निनु

खुट्टा तथा पैताला सुन्निनुका पनि विभिन्न कारणहरु हुन्छन् । तर अस्वभाविकरुपमा हात खुट्टा सुन्निुन मुटु विग्रन थालेको लक्षण हो । तसर्थ निरन्तर रुपमा हात खुट्टा फुलेमा बिरामीले तत्काल चिकित्सककहाँ जानुपर्छ किनकी यसले मुटुको समस्याको संकेत पनि गरेको हुन सक्छ ।

अपच, मुटुमा जलन

मुटुमा जलन र अपच निश्चय नै साझा समस्या हुन तर यसले बिरलै मानिसलाई गम्भीर बनाउँछ । तर कतिपय अवस्थामा माथिल्लो पेटमा हुने मन्द दुखाई पनि मुटु रोग (ह्दयघात) को लक्षण हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल