८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मन्त्रीलाई पजेरो मस्ती हैन सास्ती

२६ बैशाख २०७५, बुधबार १६:२०

दलसिंह गिरी | वैशाख २६, सुर्खेत | कर्णाली प्रदेश सरकारका मन्त्रीहरुलाई यातायात सेवाका लागि केन्द्र सरकारले दिएका पजेरो गाडीहरुले गर्दा प्रदेश मन्त्रीहरुले गाडीको सास्ती खेप्नु परेको छ । लिलाम प्रक्रियामा जाने पुराना पजेरो गाडीहरु केन्द्र सरकारले पठाई गाडी नचल्दा प्रदेश मन्त्रीहरुले सास्ती व्यहोर्नु परेको हो ।

प्रदेश सरकारका मन्त्रीहरु कुनै औपचारिक कार्यक्रम तथा अन्य कुनै स्थानमा जादा विचैमा गाडी बिग्रिएर अर्कोगाडीमा लिफ्ट माग्नु पर्ने बाध्यता जस्तै बनेको छ । मर्मत गर्दा समेत सञ्चालनमा ल्याउन नसकिने गाडीले प्रदेश मन्त्रीलाई सास्ती भोग्नु परेको छ ।

कर्णाली प्रदेशका लागि केन्द्र सरकारले १२ वटा गाडी उपलव्ध गराएको थियो ।  ति मध्य दुई वटा गाडी चढ्न नपाई मर्मतका लागि ग्यारेजमा थन्काइएका छन् । बा १ झ ९१८८ नम्वरको स्कार्पियो र बा १ झ ३८६९ नम्वरको ल्याण्डक्रुजर गाडी बिग्रिएर मर्मतका लागि ग्यारेजमा थन्किएका हुन् । स्कार्पियो प्रधानमन्त्री कार्यालय र ल्यान्डक्रुजर गाडी शिक्षा बिभागबाट पठाइएको थियो ।

केन्द्र सरकारले पठाएका करिव एक लाख किलोमिटरभन्दा बढी गुडीसकेका गाडीहरु मर्मत गर्दा समेत नचल्ने अवस्थामा रहेका सवारी चालक दिपबहादुर चौधरीले बताए । केही हप्ता अघि वीरेन्द्रनगर–१३ नलखोलामा आयोजित एक कार्यक्रममा पुगेकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री विमला केसीले उकालोमा गाडी नचढ्दा तानेर कार्यक्रम स्थल पु¥याउनु परेको थियो ।

कर्णाली भौगोलिक भू–वनावटमा केन्द्रीय सरकारले पठाएका गाडी उपयुक्त नभएको एक मन्त्रीले बताए । कर्णाली–रारा पर्यटन वर्षमा अथिति लिएर फर्किदै गरेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको गाडी पनि दैलेखको आठविस नगरपालिका–२ टुनिवगरमा विग्रिदा एक हप्ता थन्किएको थियो ।


एसी नभएको उक्त गाडीको टर्बोमा समस्या देखिएको छ । केन्द्रले बिग्रिएका गाडी मात्र पठाएपछि प्रदेश सरकारलाई गाडीको व्यवस्थापन गर्न समस्या भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका शाखा अधिकृत युवराज न्यौपानेले बताए ।

उनले १५ वटा गाडी पठाएको जानकारी आएपनि ३ वटा अझै नआएको उल्लेख गरे । कर्णाली प्रदेशका उच्च पदस्थ र सचिवहरुका लागि ३० वटा गाडी आवश्यक छ । तर केन्द्रले तत्काल गाडी नपठाएपछि जिल्लास्थित सरकारी र क्षेत्रीय कार्यालयहरुबाट गाडीको व्यवस्थापन गरिएको न्यौपानेको भनाई छ ।

प्रदेश सभाका चारवटा विभिन्न समितिका सभापति, विपक्ष दलका नेता, दलका सचेतक, संसदीय दलका नेताहरुलाई समेत सरकारले गाडी उपलव्ध गराउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने