२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हावाहुरीले एक जनाको मृत्यु, दर्जन भन्दा बढी घाइते, करौडौको क्षति

२०७५, २७ बैशाख बिहीबार ०१:३४

राम नारायण पंडित | वैशाख २७, सिरहा | हाबाहुरीले सिरहामा एक जनाको ज्यान गएको छ । बुधबार बिहान एक्कासी आएको आँधीतुफानले सिरहामा ब्यापक जनधनको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । आँधीतुफानले घर भत्किदा च्यापिएर मिर्चैया नगरपालिका बडा नं.१० बस्ने करीब ७५ बर्षीय सगुनी महतोका ज्यान गएको छ । 


सिरहाको बिभिन्न नगरपालिका तथा गाउँपालिकाहरुमा दर्जन भन्दा बढी ब्यक्तिहरु घाइते भएका छन् । घाइतेहरुको उपचार जिल्लाको बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । हाबाहुरीले सिरहाका बिभिन्न स्थानमा हजारौ घरमा क्षति भएको बताईएको छ । घर भत्किदा सैयौ घरपरिबार घरबार बिहिनको अबस्थमा पुगेका छन् । 

आँपको उर्बरभुमि मानिने सिरहामा हाबाहुरीले ब्यापक क्षति भएको छ भने हजारौ रुखहरु ढल्दा बिभिन्न स्थानमा सडक अबरुद्ध भएको छ । पुर्बपश्चिम राजमार्गलाई बिहानै स्काभेटर लगाएर सुचारु गरेपनि सहायक सडकहरु अझै खुल्न सकेका छैन् ।     


मिर्चैया नगरपालिकाले क्षति भएका स्थानहरुमा अनुगमन गरेका छन् । मेयर श्रबण कुमार यादबको नेतृत्बमा गएको टोलीले नगरपालिकालाई अनुगमन गरेका हुन् । मेयर यादबले नगरपालिका भित्र हाबाहुरीले ब्यापक क्षति गरेको भन्दै पिडितहरुलाई आबश्यक राहत उपलब्ध गराउने बताए । उनले भने “हामीहरु अनुगमनका क्रममा छौ थप बिबिरण आउने क्रम बाकी नै छ, प्राप्त भएको जानकारी अनुसार बडा नं. १० मा एक जनाको ज्यान गएको छ भने दर्जन भन्दा बढी घाइते भएका छन्, र हजारौ घरमा क्षति भएको हो ।” उनले नेपाल सरकारसंग पनि आबश्यक सहयोगका लागि आग्रह गरेका हुन् । 


हाबाहुरीले बिद्यतुका पोलहरु सैयो स्थानमा ढल्दा बिद्युत सेवा पुर्ण रुपमा अबरुद्ध भएको छ । सुचारु हुन एक सातासम्म लाग्न सक्ने नेपाल बिद्यूत प्राधिकरण मिर्चैया बितरण केन्दका प्रमुख शिबराम यादबले बताए । त्यसैगरी नेपाल टेलिकमका ल्यान्ड लाइन टेलिफोनमा समस्या हुँदा संचार बिहिन भएका छन । जिल्लामा रहेका बिभिन्न कम्पनीका ईन्टरनेटका सेवा समेत अबरुद्ध भएका छन् । बिद्युत नहुँदा जिल्लामा संचालित आधा दर्जन रेडियो स्टेशनहरु बन्द भएका छन् भने टाबरहरुमा पनि समस्या देखिएको छ । 

यता, सुखिपुर नगरपालिकाले पिडितहरुलाई तत्काल राहत स्बरुप त्रिपाल उपलब्ध गराएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला