डोटीमा काफल खाएर रचना वाचन

साझासवाल
2 Min Read

प्रकाश बम/वैशाख २७, डोटी | डोटीमा काफल खाएर मंगलवार रचना वाचन गरीएको छ । खप्तड भ्रमणका क्रममा डोटी पुगेका बरीष्ठ कवि तथा संचारकर्मि डा. नवराज लम्सालको उपस्थितिमा नेपाली लेखक संघ र गजल मञ्च डोटीको संयुक्त आयोजनमा उक्त साहित्यिक कार्यक्रमको आयोजना गरीएको हो ।

काफल खाएर कविता वाचन र उद्धघाटन गरेको जिवनको पहिलो कार्यक्रम भएको डा.लम्सालले बताए । साहित्यका क्षेत्रमा छ वटा पुस्तक प्रकासन गरीसकेका लम्सालले बिभिन्न बिधाका कविता सहभागिहरुलाई सुनाएका थिए ।

उनले दश बर्षको अथक प्रयास गरेर गद्य, पद्य र गीति छन्द मिसाइएर लेखिएको महाकाव्य धराबाट दर्शकको माग अनुसार बढी भन्दा बढी कविता सुनाए । डा. लम्सालको रेडियोमा आवाज मात्र सुनेका साहित्यकाकार तथा श्रोताले प्रतक्ष कविता सुन्न र भेट्न पाउँदा निकै खुशि देखिएका थिए । रेडियो नेपालका उप निर्देशक समेत रहेका कवि डा. लम्सालले भुस्वर्गका रुपमा चिनिएको खप्तड भ्रमण जानु अघि रचना वाचन कार्यक्रममा बोल्दै अब नयाँ पुस्तकको तयारीमा  रहेको बताए ।

रचना वाचन कार्यक्रम वोल्दै डोटेली भाषा संस्कृत बिज्ञ तथा डोटी क्याम्पसका प्राध्यापक डा.बद्रि शर्मा विनाडीले काफल संग संस्कृतिको मौलिक सम्बन्ध जोडीएको बताए । डोटेली भाषाको प्रयोग गरेर साहित्य लेखनमा जोड दिनु पर्ने डा.बद्रि शर्मा सुझाएका थिए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मिन बमले समाज भित्र लुकेका प्रतिभा वाहिर ल्याउन यस्ता कार्यक्रमले ठुलो टेवा पुग्ने बताए । साहित्यीक कार्यक्रम मार्फत बिभिन्न संस्कृतिका वारेमा साहित्यकारलाई कलम चलाउन जोड दिए ।

कार्यक्रममा वोगटना गाउँपालिका अध्यक्ष कमल गड्सिलाले विकासलाई पुरा गर्न साहित्यको महत्वपुर्ण भुमिका रहने बताए ।

जिल्लामा साहित्यका क्षेत्रमा कलम चलाउदै आएका छत्रकमल पाठक , गिता स्मृति कठायत, जितेन्द्र रावल,अरुण बम, लक्ष्मण देउवा,सरिता कठायत,फणेन्द्र साउद,टेक राज अवस्थि, गणेश साउद,लोकेश धामि , रोशन भट्ट , टेक विवस साउद, टेक स्मृति चन्द, झलक पालि,ठम्मान वोहरा लगायतका साहित्यकारहरुले गजल मुक्तक वाचन गरेका थिए । रचना वाचन कार्यक्रमको अध्यक्षता डोटी गजल मञ्चका अध्यक्ष पवन महराले गरेका थिए ।

Share This Article
Leave a Comment

Leave a Reply