२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा काफल खाएर रचना वाचन

२७ बैशाख २०७५, बिहीबार ०९:३७

प्रकाश बम/वैशाख २७, डोटी | डोटीमा काफल खाएर मंगलवार रचना वाचन गरीएको छ । खप्तड भ्रमणका क्रममा डोटी पुगेका बरीष्ठ कवि तथा संचारकर्मि डा. नवराज लम्सालको उपस्थितिमा नेपाली लेखक संघ र गजल मञ्च डोटीको संयुक्त आयोजनमा उक्त साहित्यिक कार्यक्रमको आयोजना गरीएको हो । 


काफल खाएर कविता वाचन र उद्धघाटन गरेको जिवनको पहिलो कार्यक्रम भएको डा.लम्सालले बताए । साहित्यका क्षेत्रमा छ वटा पुस्तक प्रकासन गरीसकेका लम्सालले बिभिन्न बिधाका कविता सहभागिहरुलाई सुनाएका थिए । 

उनले दश बर्षको अथक प्रयास गरेर गद्य, पद्य र गीति छन्द मिसाइएर लेखिएको महाकाव्य धराबाट दर्शकको माग अनुसार बढी भन्दा बढी कविता सुनाए । डा. लम्सालको रेडियोमा आवाज मात्र सुनेका साहित्यकाकार तथा श्रोताले प्रतक्ष कविता सुन्न र भेट्न पाउँदा निकै खुशि देखिएका थिए । रेडियो नेपालका उप निर्देशक समेत रहेका कवि डा. लम्सालले भुस्वर्गका रुपमा चिनिएको खप्तड भ्रमण जानु अघि रचना वाचन कार्यक्रममा बोल्दै अब नयाँ पुस्तकको तयारीमा  रहेको बताए ।


रचना वाचन कार्यक्रम वोल्दै डोटेली भाषा संस्कृत बिज्ञ तथा डोटी क्याम्पसका प्राध्यापक डा.बद्रि शर्मा विनाडीले काफल संग संस्कृतिको मौलिक सम्बन्ध जोडीएको बताए । डोटेली भाषाको प्रयोग गरेर साहित्य लेखनमा जोड दिनु पर्ने डा.बद्रि शर्मा सुझाएका थिए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मिन बमले समाज भित्र लुकेका प्रतिभा वाहिर ल्याउन यस्ता कार्यक्रमले ठुलो टेवा पुग्ने बताए । साहित्यीक कार्यक्रम मार्फत बिभिन्न संस्कृतिका वारेमा साहित्यकारलाई कलम चलाउन जोड दिए ।

कार्यक्रममा वोगटना गाउँपालिका अध्यक्ष कमल गड्सिलाले विकासलाई पुरा गर्न साहित्यको महत्वपुर्ण भुमिका रहने बताए ।


जिल्लामा साहित्यका क्षेत्रमा कलम चलाउदै आएका छत्रकमल पाठक , गिता स्मृति कठायत, जितेन्द्र रावल,अरुण बम, लक्ष्मण देउवा,सरिता कठायत,फणेन्द्र साउद,टेक राज अवस्थि, गणेश साउद,लोकेश धामि , रोशन भट्ट , टेक विवस साउद, टेक स्मृति चन्द, झलक पालि,ठम्मान वोहरा लगायतका साहित्यकारहरुले गजल मुक्तक वाचन गरेका थिए । रचना वाचन कार्यक्रमको अध्यक्षता डोटी गजल मञ्चका अध्यक्ष पवन महराले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ