२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तरदेशीय प्रसारण लाइन र पञ्चेश्वर अगाडि बढाइने

२८ बैशाख २०७५, शुक्रबार १७:०७

रमेश लम्साल | वैशाख २८, काठमाडौँ | नेपाल र भारतले संयुक्त रुपमा केही महत्वपूर्ण जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने भएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका भारतका प्रधानमन्त्रीले पञ्चेश्वरलगायत महत्वपूर्ण बहुउद्देश्यीय आयोजना शीघ्र अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको हो । यहाँ साँझ आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले पञ्चेश्वर आयोजनालाई शीघ्र अगाडि बढाइने विषयमा महत्वपूर्ण छलफल भएको जानकारी दिनुभयो । 

केही दिन पहिले सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको काम आगामी छ महिनाभित्र सम्पन्न गर्ने सहमति गरेको छ । सो सहमतिअनुसार डिपिआरलाई अन्तिम रुप दिने र आयोजना शुरु गर्ने विषयमा छलफल भएको संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो आयोजनाको डिपिआर तयार गर्ने कार्य जारी छ । आगामी केही महिनाभित्रै डिपिआर सम्पन्न गरेर आयोजनाको निर्माण गरिने प्रतिबद्धता दुवै प्रधानमन्त्रीले जनाउनुभयो । 


यस्तै बुटवल– गोरखपुर ४०० केभी प्रसारण लाइनको निर्माणलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढाउने विषयमा समेत दुई प्रधानमन्त्रीबीच महत्वपूर्ण छलफल भएको संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो प्रसारण लाइन नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन हो । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयन्त्रको अघिल्लो महिनाबीच सम्पन्न बैठकले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको वित्तीय स्रोत व्यवस्थापन र प्रारूपबारे सहमति जुटाएको थियो । 

नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले त्यसबारे थप अध्ययन गरी तीन महिनामा विस्तृत प्रतिवेदन बुझाउने सहमति सो बैठकमा भएको थियो । यस्तै विद्युत् खरीद बिक्रीलाई सहज बनाउने र इनर्जी बैंकिङ अवधारणामा समेत सोही विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीको गत चैत २३ देखि २५ गतेसम्म भएको भारत भ्रमणमा समेत सो विषयमा छलफल भएको थियो । एक सय ३० किलोमिटर लामो बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न भएपछि कालीगण्डकी करिडोर र बूढीगण्डकीलगायत आयोजनाबाट उत्पादित विद्युत् भारत निर्यातका लागि समेत मार्गप्रशस्त हुनेछ । यसअघि निर्माण भएको ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनबाट नेपालले हाल १४० मेगावाट विद्युत् आयात गरिरहेको छ । 

यस्तै इनर्जी बैंकिङलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने विषयमा समेत महत्वपूर्ण छलफल भएको र त्यसमा भारतका प्रधानमन्त्रीले सहमति जनाउनुभएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । माथिल्लो तामाकोशीलगायत आयोजना निर्माण भएपछि वर्षाको समयमा खेर जाने विद्युत् भारत पठाउने र नेपाललाई आवश्यक परेको समयमा आयात गर्ने इनर्जी बैंकिङ प्रभावकारी अवधारणा हो । 

नेपालमा वर्षाको समयमा बढी विद्युत् उत्पादन हुने र भारतमा सोही समयमा नै बढी विद्युत् माग हुने भएकाले इनर्जी बैंकिङ नेपालका लागि महत्वपूर्ण रहने प्राधिकरणको भनाइ छ । इनर्जी बैंकिङ एउटा व्यावसायिक अवधारणा भएकाले त्यसले ऊर्जाको माग बढी हुने समयमा नेपालको हितमा प्रयोग गर्न सकिने विश्वास लिइएको छ । प्रधानमन्त्री ओलीले नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण छलफल भएको र त्यसबाट नेपालले फाइदा लिने विश्वास व्यक्त गर्नुभयो । 

भारतीय प्रधानमन्त्री मोदीले भारतको जलसाधन तथा ऊर्जा मन्त्रालयले आज नयाँ अध्याय थपेको उल्लेख गर्नुभयो । उहाँले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्ने अवसर प्राप्त गरेकामा खुशी व्यक्त गर्नुभयो । भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्ने सो आयोजना सम्झौता भएको पाँच वर्षपछि शिलान्यास भएको हो । नेपालले अगाडि बढाउने ठूला परियोजनामा साथ दिने उहाँको प्रतिबद्धता थियो । त्यस्ता आयोजनाबाट नेपालमा रोजगारीको अवसर वृद्धि हुने र आर्थिक तथा व्यावसायिक अवसरमा समेत वृद्धि हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन