वैशाख २८, काठमाडौं । दुईदिने राजकीय भ्रमणका क्रममा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बीच ५ समझदारी भएको छ ।
शुक्रबार साँझ भएको भेटका क्रममा मोदी र ओलीले अरुण तेस्रोको शिलान्यास गरेका छन् थप ४ समझदारी पनि भएको छ ।
मोदीले रक्सौलदेखि काठमाडौं रेल्वेको सर्वे छिट्टै हुने सहमति भएको छ । यस अघि नेपालका प्रधानमन्त्री भारतीय भ्रमणमा रहँदा रेल्वे निर्माणमा सहमति गरेका थिए ।
त्यस्तै भारतीय प्रधानमन्त्री मोदीका अनुसार नेपाल ल्याण्डलक कन्ट्री नहोस्, ल्याण्डलिंक र वाटर लिंक होस् भन्ने प्रधानमन्त्री ओलीको भिजनलाई साकार गर्न भारतले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
त्यस्ता मोदीको भ्रमणले नेपालको स्वास्थ्यमा समेत सहयोगको प्रतिबद्धता भएको छ । भारतले क्यान्सरको उपचारमा सहयोग गर्ने सहमति गरेको छ । भारतले नेपाल मा छिट्टै ट्रोमा रेडियो थेरापी मेसिन जडान गरिदिने भएको छ ।
त्यस्तै पञ्चेश्वरको डीपीआर छिट्टै हुने भएको छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर छिट्टै बनाउने सहमति पनि भएको छ । यसै बिषयमा मोदिले ९०० मेगावाट क्षमताको अरुण तेस्रोको शिलान्यास गरेको भन्दै ऊर्जा क्षेत्रमा नयाँ अध्याय जोडिएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्› मोदी नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाका वारेमा जानकारी लिनुहुँदै । तस्वीरः प्रदिपराज वन्त, रासस
त्यस्तै कृषिमा समेत भारतले सहयोग गर्ने जनाएको छ । अब छिट्टै नेपाल र भारतका कृषि मन्त्रीहरूको बैठक बसेर कृषि सहयोग अनुसन्धान, शिक्षामा सहयोगको रोडम्याप बनाउने भएको छ ।