८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपिएल: राजस्थानद्वारा चेन्नई ४ विकेटले पराजित (अब कुन टिम कतिऔं स्थानमा ?)

२८ बैशाख २०७५, शुक्रबार १८:५७

वैशाख २९, काठमाडौँ | राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई IPL सीजन ११ को ४३ औं खेलमा ४ विकेटले पराजित गरेको छ | जयपुरको सवाई मानसिंह स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नई सुपर किंग्सको टिमले २० ओभरको खेलमा ४ विकेट गुमाई १७६ रन बनाएको थियो र राजस्थान रोयल्सलाई जीतको लागि १७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो | जवाबी ब्याटिङमा राजस्थान रोयल्सले १ बल मात्र बाँकी छँदा चेन्नईले दिएको लक्ष्य हाँशिल गर्दै १७७ रन बनायो र आइपिएलमा दोश्रो स्थानमा रहेको चेन्नईमाथि शानदार जीत दर्ता गरायो |


चेन्नई सुपर किंग्सका लागि सुरेश रैनाले ३५ बलमा ५२ रनको पारी खेलेका थिए, जसमा शेन वाटसनले ३९ रन बनाएका थिए | त्यस्तै कप्तान महेन्द्र सिंह धोनीले २३ बलमा ३३ रन बनाएका थिए | राजस्थान रोयल्सले चेन्नईको विकेट लिने क्रमनमा जोफ्रा आर्चरले २ विकेट लिएका थिए भने ईश सोढ़ीले एक विकेट हासिल गरे | खेलमा चेन्नईको सुरुवात खराव रह्यो | ८ ओभरको खेलसम्ममा चेन्नईले ६४ रन मात्र जोड्न सकेको थियो |

यसपछि ब्याटिङमा आएको राजस्थानका लागि ओपनर ब्याट्सम्यान जोस बटलरले नटआउट ९५ रनको पारी खेले | उनले ६० बलमा ११ चौका र २ छक्का प्रहार गर्दै राजस्थानका लागि जित दिलाएर छाडे | खेलमा बटलर बाहेक कुनैपनि ब्याट्सम्यानले २२ रनभन्दा बढी जोड्न सकेनन् | स्टर्ट बिन्नीले २२ रन बनाए भने सन्जु सेमसन २२ बल खर्च गरेर २१ रन बनाई रनआउट भए | राजस्थानको ६ विकेट लिने क्रममा चेन्नईका दविद विल्ली, हरभजनसिङ, रविन्द्र जाडेजा, श्रदुल ठाकुर र द्वाने ब्रावोले १/१ विकेट लिएका थिए | 


राजस्थानको लागि जित्नैपर्ने आवाश्यक रहेको यस खेलमा जितेसँगै अब राजस्थान रोयल्स ११ खेलमा ५  खेल जित्दै छैटौं स्थानमा पुगेको छ | तर चेन्नई दोश्रो स्थानमा कायम छ | चेन्नईले आफ्ना ११ खेलमा ७ खेल जित्दै १४ अंक सहित आफुलाई क्वालीफायरमा पाउर्याउने बाँकी खेल कुर्दैछ | 

हेर्नुहोस् आइपिएलका ८ टिम मध्ये कुन टिम कुन स्थानमा छ ? 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता