२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस नेपाल यूएस यो बर्ष ड्यालस टेक्ससमा हुने, बिजेतालाई $ ५ हजार डलरको छात्रवृत्ति

२९ बैशाख २०७५, शनिबार ०८:३४

वैशाख २९, अमेरिका | अमेरिकामा सन् २०११ देखि मिस नेपाल यूएस(मिस नेपाल अमेरिका)सफलता पूर्वक सम्पन्न गर्दै आएको उक्त प्रतियोगिता यो बर्ष टेक्ससको ड्यालसमा हुने भएको छ ।  

आयोजकले एक छापा बिज्ञप्ति मार्फत अमेरिकाका नेपाली समुदायले दिएको हौशला ,अपार माया, सद्भाव तथा सहयोग प्रति धन्यवाद दिएका छन् । यसलाई अझ व्यवसायिक तथा स्तरीय बनाउन झन्डै २ बर्ष खर्चिएको बताएका छन् ।  

उक्त छापा बिज्ञप्तिमा यसलाई अर्को स्तरमा पुर्याउन र व्यापक बनाउन अनुसन्धान र विशेषज्ञहरूसँग गहिरो परामर्श पछि मिस नेपाल यूएस छैठौ संस्करण गर्न तत्पर रहेको जानकारी दिएका छन् । 

यस वर्ष  नेपाल अमेरिका आगामी अगस्ट १९ ,२०१८ आइतबार हुने भएको छ । नेपाल 11 इन्टरटेन्टमेन्टको नयाँ व्यवस्थापन अन्तर्गत ड्यालस टेक्ससमा आयोजित गरिने भएको छ। नेपाली मूलका १८ देखि २५ बर्ष उमेरका महिलाले यो प्रतियोगितामा सहभागिता लिन पाउने छन् । 

विजेतालाई अध्ययनको लागि $ ५ हजार को आकर्षित छात्रवृत्ति प्रदान गरिने छ । प्रतियोगिताको अन्तिम चरणमा विशेषज्ञहरुको साथमा बिस्तृत प्रशिक्षण प्राप्त गर्ने छन् ।

आयोजकले अमेरिकामा संचालनमा रहेका सबै संचार माध्यमलाई यसको प्रचार प्रसार गर्न आग्रह गरेका छन् । साथै नेपाली अमेरिकी युवा प्रतिभा, सुन्दरता, संस्कृति, ज्ञान र शक्तिलाई समाजको नेतृत्व गर्न र उल्लेखनीय प्रभाव छोड्नको लागि प्रदर्शन गर्नका लागि अनुरोध समेत गरेका छन् । 

बिस्तृत जानकारीको लागि कृपया आयोजकहरुसँग यस ईमेल मार्फत [email protected] सम्पर्क गर्न आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य