2026-09-19 02:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सुस्तामा दोस्रो गाउँसभा सम्पन्न

श्याम थापा | वैशाख २९, सुस्ता | नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिकाले दोस्रो गाउँ सभा सम्पन्न गरेको छ । 

सुस्ता गाउँपालिकाको कार्यालयका अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षयतामा र प्रदेश न ५ का माननीय सांसद अजय बाहादुर शाहीको प्रमुखअतिथ्यतामा भएको दोस्रो गाउँ सभा कार्यक्रममा सुस्ता गाउँपालिकाको कार्यालयले ३0% प्रतिशत योजनाहरु सम्पन्न गरेको र ८०% प्रतिशत योजनाहरु संचालनमा रहेको सुस्ता गाउँपालिकाको कार्यालयले जनाएको छ । दोस्रो गाउँ सभा कार्यक्रममा बोल्दै सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले सुस्ता गाउँपालिकालाई स्वच्छ र शान्त गाउँपालिका र नमुना गाउँपालिका बनाउने उहाँको भनाइ रहेको थियो । 

साथै अध्यक्ष पाण्डेले सुस्ता गाउँपालिकालाई उज्यालो गाउँपालिका पनि बनाउने प्रतिबद्धता गर्नु भएको छ । सभाले उद्योग कलकारखाना,शिक्षा,कृषि,स्वास्थ लगायतका विभिन्न बिषयहरुको विधेक पास गर्ने अध्यक्ष पाण्डेले बताउनु भयो । त्यस्तै सभा कार्यक्रममा बोल्दै  सभा कार्यक्रमका प्रमुखअतिथि एवम प्रदेश न ५ का माननीय सांसद अजय बाहादुर शाहीले सुस्ता गाउँपालिकालाई नमुना गाउँपालिका बनाउनको लागि आफुले मुख्य एजेन्डा राख्ने उहाँले बताउनु भयो । 

सो सभा कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य दिर्घजिवी पोख्रेल,नेपाली काङ्ग्रेस नवलपरासीका जिल्ला सदस्य प्रकाश कुमार न्यौपाने,नेकपा एमालेका जिल्ला संयोजक टेक नारायण उपाध्याय,पत्रकार माहासंघ नवलपरासीका उपाध्यक्ष हरि शर्मा र शिक्षा समितिका सदस्य एवम महेन्द्र मा बि का प्रधानध्यापक भुपनारायण चौधरी लगाएतका बक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै सुस्ता गाउँपालिकालाई नमूना गाउँपालिका बनाउनको लागि आफुहरु हरपल हरबखत साथ दिने भनाई रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो