2026-09-19 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा नेपाली काङ्ग्रेसद्वारा शुभकामना आदानप्रदान कार्यक्रम

श्याम थापा | वैशाख २९, सुस्ता | नेपाली काङ्ग्रेस पार्टी क्षेत्र न १ नवलपरासीको आयोजनामा नव बर्ष २०७५ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम नवलपरासी प्रतापपुर गाउँपालिको त्रिभुवन क्याम्पस बेलाटारीमा सम्पन्न भएको छ । 

नेपाली काङ्ग्रेस क्षेत्र न १ का क्षेत्रीय सभापति मुकुल कुमार आचार्यको सभापतित्वमा,नेपाली काङ्ग्रेस नवलपरासी बर्दघाट सुस्ता पश्चिमका कार्यबाहक  सभापति अर्जुन पोख्रेलको प्रमुखअतित्थ्यता,पुर्व माननीय सांसद देवकरण प्रसाद कलवार र पुर्व सांसद बिक्रम खनालको विशेषअतिथ्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टीका नेता,कार्यकर्ता,भातृ संघसंस्था र नेपाली काङ्ग्रेसका शुभचिन्तक गरि करिब १ हजार जनाको सहभागिता रहेको थियो । 

सो कार्यक्रममा हालै सम्पन्न भएको स्थानीय तह,प्रदेश तह र केन्द्र तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले हार खाएको बिषयमा समिक्षा  पनि भएको थियो । भने नेपाली काङ्ग्रेसका नेता तथा कार्याकर्ताले एक अर्काको बिषयमा चोक हाट बजार लगायत सार्वजनिक संजाल जस्ता ठाउँमा टीका टिप्पणी नगर्ने संयुक्त रूपमा प्रतिबद्धता पनि जाएर गरेका छ्न । 

सो शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र  न १ का क्षेत्रीय उपसभापती बेद प्रकाश शर्मा,तरुणदल क्षेत्र न १ का क्षेत्रीय सभापति सतिष कुमार पटेल,तरुणदल नवलपरासीका सभापति शुक बाहादुर गुरुङ्ग,अन्जु कुमारी चौधरी,राजकुमार शर्मा,नेपाल बिद्यार्थी संघ नवलपरासीका सभापति दधिराम पौडेल,नेपाली काङ्ग्रेसका नेता अनिल कुमार गौड लगाएतका बक्ताहरुले नेपाली काङ्ग्रेसमा रहेको गुठ उपगुठलाई अन्त्य गरि अघि बढने प्रतिबद्धता व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो