2026-07-06 06:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवको बन्दले विभिन्न ठाउँ प्रभावित, कतै आगजनी त बम विस्फोट (बिवरणसहित)

2018-05-13

बैशाख ३०, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दको प्रभाव देशैभर परेको छ ।

यातायात ठप्प हुँदा आफ्नो गन्तव्यमा जाने यात्रु समस्यामा परेका छन् । काठमाडौं उपत्यकामा भने बन्दको असर खासै देखिएको छैन । सरकारले राष्ट्रघात र जनताको स्वाभिमानमाथि घात गरेको भन्दै प्रतिरोधस्वरुप नेकपाले बन्द आह्वान गरेको हो ।


वीरगन्जमा आगजनी

नेकपाका कार्यकर्ताले वीरगंजको बसपार्कमा १५ दिन देखी रोकीराखेको वीरगंज ठोरी चल्ने ग १ ख ३१४७ नम्बरको यात्रुवाहक वसमा आइतबार विहान आगजनी गरेका छन् ।

आगजनीले वस पुर्ण रुपमा जलेको पर्सा प्रहरीले जनाएको छ । सो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा राष्ट्रघात गरेको भन्दै आज नेपाल बन्दको घोषणा गरेको हो ।

धादिङमा आगजनी

धादिङमा दुई वटा भारतीय नम्बर प्लेटको ट्रकमा आगजनी भएको छ । धादिङको धुनिबेशी ६ चालिसे बजारमा दुई वटा २० चक्के ट्रकमा बिहान २ः३० बजेको समयमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको गाडीमा आगजनी भएको हो । आगलागीबाट गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ । विप्लव नेतृत्वको नेपाल कम्याुनिष्ट पार्टीका कार्यकर्ताले आगो लगाएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति भएको छैन । बस्ती, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागी भएपछि स्थानीयवासी त्रसित भएका थिए ।

आगलागीपछि विद्युत्को तार जल्दा विद्युत् सेवा अवरुद्ध भएको छ । गाडी सडक छेउमा राकेर राखिएको थियो । प्रहरीका अनुसार गाडी चालक र गाडी अन्य सदस्य गाडी रोकेर बास बसिरहेका थिए ।

भाटभटेनी सुपरमार्केटमा बम विष्फोट

चितवनको नारायणगढबजार नजिकै भरतपुर ओरालोमा रहेको भाटभटेनी सुपरमार्केटमा बम विस्फोट भएको छ । विस्फोटका कारण भवनको अघिल्लो भागका सिसा फुटेका छन् ।

बिहान ४ बजे मोटरसाइकलमा पुगेका दुईजना यूवाले ग्रिनेट विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले घटनाका अनुसन्धान भइरहेको जानकारी दिए ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पाटीर्का कार्यकर्ताले बम विस्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

त्यस्तै आइतबार बिहान चितवनको लोथरमा पनि वम विस्फोट भएको छ । पुर्वपश्चिम राजमार्गमा बिहानै सुतली बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

बुटवल-भैरहवा सडकमा शंकास्पद बस्तु भेटियो

रूपन्देहीको बुटवल-भैरहवा सडकखण्डमा शंकास्पद बस्तु फेला परेको छ । तिलोत्तमा नयाँमिल चोकमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको हो ।

बम भएको आशंकामा स्थानीयबासी त्रसित छन् । बम डिस्पोजल टोली घटनास्थलतर्फ जाँदै छ ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा राष्ट्रघात गरेको भन्दै आज नेपाल बन्दको घोषणा गरेको हो ।

शनिबार विज्ञप्ति जारी गर्दै नेकपाले मोदीको नेपाल भ्रमणका क्रममा ओली सरकारले राष्ट्रघात र नेपाली जनताको स्वाभिमानमाथि गरिएको कुठराघातको प्रतिरोध गर्न अनिवार्य रहेकाले नेपाल बन्दको घोषणा गरेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै