2026-09-18 10:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के तपाई इन्टरनेटको महँगो बिलबाट हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

टिप्स- के तपार्इं मोवाइलको इन्टरनेटको महँगो बिल र स्लो गतिको इन्टरनेटबाट दिक्क हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईका लागि हामीले उपयुक्त टिप्स लिएर आएका छौ। प्रविधिले केही यस्ता सुविधा उपलब्ध गराएको छ, जहाँ तपाई थ्रीजी डाटामा फोरजीको प्रयोग गर्नसक्नुहुन्छ । साथै, यो डाटा चलाएबापत हुने खर्च समेत निकै कम गर्न सक्नुहुन्छ । 

यी टिप्स अपनाउनुस् तपाइको मोबाइलको डाटा कम खर्च हुन्छ:- 

ट्रेकिङ डाटा एप प्रयोग गर्नुहोस्

ट्रेकिङ डाटा एपको मद्धतले तपाईले आफ्नो इन्टरनेटको मासिक लिमिट तय गरी आफ्नो बिल तथा खर्चलाई कम गर्न सक्नुहुन्छ । ट्रेकिङ डाटाले तपाईको इन्टरनेटमा धेरै खर्च गराउने एप्सहरुलाई नियन्त्रण गरिदिन्छ । यो एपलाई तपाईले गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सक्नुहुन्छ । डाउनलोड गरेपछि इन्टरनेटको सेटिङमा गएर यसलाई एक्टिभ गरिदिनुहोस् । यो सेटिङपछि तपाईंले कुन एप प्रयोग गर्दा बढी पैसा खर्च भइरहेको छ भन्ने हेर्न पाउनुहुन्छ । ट्रेकिङ डाटाको मद्धतले त्यस्ता खर्चिला सेवा तथा एपहरुमाथि एक लिमिट फिक्स गरिदिनुपर्छ । लिमिट सकिएपछि त्यस्ता सारा एप्स आफसे आफ बन्द भइदिन्छन् । यो विधिबाट तपाईले मासिक डाटा चलाएबापतको खर्चमा २५ प्रतिशतसम्म कटौति गर्न सक्नुहुन्छ । 

अत्यावश्यक पर्दा मात्र लोकेटरको प्रयोग

मोबाइल डाटाको बिषयमा रिसर्च गर्ने एक अन्तर्राष्ट्रिय कम्पनीको रिपोर्ट अनुसार लोकेटरले सबैभन्दा धेरै डाटा खर्च गरिदिन्छ । यसकारण आफ्नो मोवाइलमा लोकेटरको प्रयोग सकेसम्म कम गर्नुहोस् । अत्यन्त आवश्यक  पर्दा मात्र यसलाई प्रयोगमा ल्याउनुपर्छ । कतिपय मानिस यात्राको पूरा अवधि नै लोकेटरलाई अन नै राख्ने गल्ती गर्छन । यो प्रक्रियाले आफूले खोजेको लोकेशन त पत्ता लाग्छ, तर तपाईंको थ्रीजी डाटा फोरजीको स्पीडमा खर्च भइरहेको हुन्छ । यदि तपाईं मासिक १ हजार रुपैयाँ बराबरको मोवाइल डाटा प्रयोग गर्नुहुन्छ भने लोकेटरलाई नियन्त्रण गरेर मात्र त्यसमा १ सय रुपैयाँ बचाउन सक्नुहुन्छ । 

नोटिफिकेशन बन्द राख्नुहोस्

इन्टरनेटको डाटा खर्च गर्नमा नोटिफिकेशनको निकै ठूलो भूमिका हुन्छ । त्यसकारण यो अप्सनलाई पनि निकै जरुरी हुँदा मात्र प्रयोग गर्नुहोस् । अधिकांश समय मानिस अपडेट्सका लागि आफ्नो मोवाइलमा नोटिफिकेशनलाई अन नै राखिरहेका हुन्छन् । पीसी म्यागजिनका अनुसार लगातार मोवाइल नोटिफिकेशन अन राखिएमा तपाईंको कुल खर्चको ३० प्रतिशत नोटिफिकेशनले नै खर्च गराइदिन्छ । दिनमा अपडेट्ससँग जोडिन नोटिफिकेशन अन  गर्नुहोस्, तर जब कुनै जरुरी पर्दैन, तब यसलाई तुरुन्तै बन्द गरिदिनुहोस् । यो विधि अपनाएर तपाईले ५ देखि १० दिनमै आफ्नो डाटा कम खर्च भएको प्रत्यक्ष अनुभव गर्न पाउनुहुन्छ । कतिपय एप्स यस्ता हुन्छन्, जसले तपाईंलाई जानकारी नै नदिई पनि नोटिफिकेशन पठाइरहेका हुन्छन्, यसमा पनि चनाखो हुनुपर्छ । 

लाइभ स्ट्रिमिङको ठाउँमा अफलाइन अप्सन

अधिकांश समय यस्तो पनि देखिएको छ कि तपाई भिडियो हेर्नका लागि लाइभ स्ट्रिमिङको प्रयोग गर्नुहुन्छ । तर यूट्यूब समेत कयौं यस्ता कम्पनीहरु छन्, जसले भिडियो हेर्नका लागि अफलाइन अप्सनको सुविधा समेत उपलब्ध गराउँछन । अफलाइनको ठाउँमा लाइभ स्ट्रिमिङबाट भिडियो हेर्दा ३० प्रतिशत बढी डाटा खर्च भइरहेको हुन्छ । यू ट्यूबमा आफूलाई मन परेको भिडियो अफलाइनमा समेत हेर्न सकिने सुविधा हुन्छ । यूट्यूबको सेटिङ अप्सनमा गएर यसको मोड परिवर्तन गर्नुपर्ने हुन्छ । अफलाइन भिडियो हेर्ने गर्दा तपाईंले ३० प्रतिशतसम्म मोवाइलको खर्च जोगाउन सक्नुहुन्छ । 

बच्नुहोस् बुस्टर योजनाबाट

सेवाप्रदायक कम्पनीहरुको बुस्टर प्लानको नामबाट तपाईंबाट पैसा असूलिरहेका हुन्छन् । तर यस्तो प्लान अन्तर्गत लिइने इन्टरनेटको स्पीड निकै कम हुन्छ । यो कारण तपाईंको डाटा बढी खर्च भइदिन्छ । यसकारण आफ्नो लिमिट निश्चित गर्नुहोस् ताकि तपाईंलाई यस्ता बुस्टर प्लानको कुनै खाँचो नहोस् । 

डाटा कम्प्रेसन फिचरलाई एक्टिभ गर्नुहोस्

ब्राउजिङको  समय डाटा कम्पे्रशन फिचरलाई एक्टिभेट गरेर पनि तपाईंले आफ्नो इन्टरनेटको स्पीड बढाउन सक्नुहुन्छ र खर्चमा समेत कटौति गर्न सक्नुहुन्छ । क्रोमको डाटा सेभर फिचर प्राय हरेक कम्प्युटिङ प्लेटफर्ममा उपलब्ध हुन्छ । क्रोमको यो फिचर गुगल सर्भरको मद्धतबाट डाटाको अधिक प्रयोग कम गर्न सकिन्छ । हुन त इन्टरनेट डाटाको बचत यो कुरामा पनि बढी निर्भर हुन्छ कि तपाई कस्तो खालको कन्टेन्ट एक्सेस गरिरहनुभएको छ । गुगलको दाबी छ कि यो फिचरको मद्धतबाट प्रयोगकर्ताले ५० प्रतिशतसम्म डाटा बचाउन सक्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई