८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएल खेलेपछि सन्दीप लामिछानेले दिए यस्तो प्रतिक्रिया

३० बैशाख २०७५, आईतवार १६:२८

वैशाख ३०, काठमाडौं । पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको खेलको चर्चा भइरहेको छ ।

यस्तोमा सन्दीपले भने आफूले खेल्ने र नखेल्ने कुरा भन्दा गएको झण्डै डेढ महिनामा के सिकें त्यो ठूलो कुरा भएको बताएका छन् । साथै उनले आफू जस्तै खेलाडी नेपालमा धेरै रहेको प्रतिक्रिया दिएका छन् ।

‘मलाई लाग्छ यो खाले अवसरले खेल क्षमता बढाउन निकै सहयोग गर्छ । खेल राम्रो हुन धेरै समय क्रिकेटमै व्यस्त हुनुपर्छ’ क्रिकेट डटकमसँगको कुराकानीमा उनले भनेका छन्, ‘मैले जसरी आईपीएलमा अवसर पाएर सिकिरहेको छु । मजस्ता प्रतिभा नेपालमा धेरै छन् । यो एउटा सुरुवात हो अब नेपालका अन्य प्रतिभाले पनि अवसर पाउने आशा छ ।’

दिल्ली डेयरडेभिल्सबाट ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट लिएका उनको बलिङ टिममा सबैभन्दा राम्रो देखिएको थियो । खेलमा दिल्ली ५ विकेटले पराजित भए पनि सन्दीपले गरेको बलिङ उत्कृष्ट रहेको क्रिकेट विश्लेषकहरुले बताइरहेका छन् ।


आईपीएल अक्सनमा बिकेर इतिहास बनाएका सन्दीपले खेलमा पनि आफ्नो प्रभाव छाड्न सफल भएका छन् । वेस्ट इन्डिजमा हुने क्यारेबियन पि्रमियर लिग (सीपीएल) मा पनि सन्दीप नेभिस प्याटि्रयोट्समा अनुबन्धित भएका छन् ।

शनिबार दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले क्याप दिँदा पनि उनी निकै उत्साहित भएका थिए । त्यही उत्साहलाई मर्न नदिइ उनले आफूलाई प्रमाणित पनि गरे ।

‘हरेक समय तपाईं के सिकिरहनु भएको छ त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो । यहाँ राम्ररी सिक्न पाएको छु । गएको डेढ महिना निकै फलदायी भएको छ’ उनले भने, ‘पोन्टिङ जस्तो उत्कृष्ट प्रशिक्षक पाएका छौं । कप्तान पनि राम्रा छन् । यहाँ हरेक खेलाडी धेरै राम्रा छन् ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता