2026-07-06 06:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रमलाई गगनको प्रश्न :- तपाईको तामझाम हेर्दै गर्दा मैले महालम्पसरवादी भन्न पाउने कि नपाउने ?

2018-05-14

वैशाख ३१ काठमाडौँ । नेपाली काँग्रेसका चर्चित युवा नेता एवं सांसद गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सरकारले देखाएको व्यवहार प्रति गम्भिर प्रश्न उठाएका छन् ।

व्यवस्थापिका संसद बैठकमा बोल्दै नेता थापाले हिजो अरुलाई लम्पसारवादी भन्ने प्रधानमन्त्री केपी शर्मा ओली आज ‘महालम्पसारवादी’ बनेको आरोप समेत लगाएका छन् ।

थापाले भने:- हिजो दुई प्रधानमन्त्री भारतीय प्रधानमन्त्रीसँग कुराकानी गर्न जाँदा सिंगडा बेच्न गएको भनियो, घुँडा टेक्न गएको भनियो, आफूले गर्दा पुण्य अरुले गर्दा पाप ?’

हिजो भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा एमाले अध्यक्ष रहेका ओलीले ‘भ्रमण ठीक छ तर ताम झाम हेर्दा लम्पसारवादी भन्न मन लागेको’ उहाले तेही प्रसंग उल्लेख गर्दै थापाले भने, यो मेरो परिभाषा होइन वहाँकै परिभाषमा वहाँको तामझाम हेर्दै गर्दा मैले महालम्पसरवादी भन्न पाउने कि नपाउने ?’

‘हिजो अरुलाई लम्पसार पर्दा घुँडामा घाउ भयो कि भएन भन्ने प्रधानमन्त्रीलाई भारतको जिम्मा लिएर अब भारतले नाकाबन्दी गर्दैन भन्दै गर्दा तपाईंको घुँडामा भ्वाङ पर्यो कि परेन सोध्न पाउने कि नपाउने ?,’ थापाले प्रश्न गरे ।

उनले सुशील कोइरालालाई लम्पसरवादी भन्नेले नेपालभित्र भारतीय सेना किन आयो भनेर जवाफ दिनुपर्ने बताए ।

‘सत्तासिन पार्टीका माननीय भन्दै हुनुहुन्छ सरकारले सुरक्षा दिन सकेन,’ उनको प्रश्न थियो, ‘कतै कालापानी दोहोराउन खोजिएको त होइन ?’

उनले प्रधानमन्त्रीमा निर्वाचित हुँदा गर्जिएका प्रधानमन्त्री हिजो शब्द खोज्दै गरेको प्रधानमन्त्री रुपमा पाएको जिकिर गरे । 

‘मलाई अचम्म लागेन किनभने गर्जन बाँदल बर्सदैन,’ उनले भने ।

प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतको भनाई आपत्तिजनक रहेको बताउँदै नेपालको विदेश नीति प्रदेशले होइन केन्द्रले निर्धारण गर्ने जिकिर गरे । परराष्ट्रमन्त्रीले यसविषयमा कदम चाल्नुपर्ने बताए ।

त्यस्तै, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा नाकाबन्दीको विरोध गर्नेहरुमाथि सरकारले गरेको दमनको पनि उनले विरोध गरे । ‘हिजो एमाले कार्यकर्ता भारतीय दुतावसअघि नाकाबन्दीको विरोध गर्न पाउने तर, पार्टी कार्यालयको अगाडि ब्यानर राख्न नपाउने ? शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने ? हिजो वहाँ अरुलाई कुरीकुरी गर्नु हुन्थ्यो, आज नाङ्गो हुनुभयो ।’



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै