2026-07-24 08:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्रामीण क्षेत्रमा ऊर्जाको विकास आवश्यक

जेठ २ काठमाडौँ | ग्रामीण क्षेत्रको विकासका लागि त्यहाँ रहेको ऊर्जालाई सदुपयोग गर्नुपर्नेमा सहभागी वक्ताले जोड दिएका छन । 

ग्रामीण प्रविधि उत्पादक संघ र गाउँपालिका राष्ट्रिय महासंघद्वारा संयुक्त रुपमा अज यहाँ आयोजिते छलफल कार्यक्रममा उनीहरुले गाउँपालिकामा आगामी वर्षका लागि बन्ने नीति, कार्यक्रम र बजेटमा नवीकरणीय ऊर्जालाई समेट्नुपर्ने आवश्यकता औल्याउनुभयो । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले देशभरका ४६० गाउँपालिकामध्ये ११९ गाउँपालिका अहिलेसम्म पनि ऊर्जाविहीन रहेकाले ग्रामीण क्षेत्रमा ऊर्जाको विकास जरुरी रहेको बताउनुभयो । 

“ग्रामीण क्षेत्रमा ऊर्जाको विकासका लागि केन्द्रले आर्थिक तथा भौतिक सहयोग गर्न तयार छ,”– उहाँले भन्नुभयो । 

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले ग्रामीण क्षेत्रको उन्नत्तिका लागि ऊर्जा प्रविधि महत्वपूर्ण भएको उल्लेख गर्दै ग्रामीण क्षेत्रमा ऊर्जाको विकासका लागि गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गर्नु आवश्यक छ भन्नुभयो । 

पूर्वमन्त्री गणेश शाहले ग्रामीण क्षेत्रमा ऊर्जाको विकासका लागि सोही गाउँपालिकामा रहेका ऊर्जाको दिगो सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल लघु जलविद्युत् विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद देवकोटाले ग्रामीण क्षेत्रमा रहेको साना जलविद्युत् संस्थाको अध्ययन गरेर आगामी बजेट बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

जेठभित्र पहिलो चरणमा प्रदेश नं ३ का ७४ गाउँपालिकाका अध्यक्षसँग आगामी योजनामा ऊर्जालाई कसरी समेट्न सकिन्छ भन्ने बारेमा छलफल गरिने र त्यसपछि मुलुकका सातै प्रदेशका गाउँपालिकाका अध्यक्षसँग छलफल गरिने ग्रामीण प्रविधि उत्पादक संघका अध्यक्ष हस्त पण्डितले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक