२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धरहराको पुनःनिर्माण छिटो हुन्छ: मन्त्री अधिकारी

२०७५, २ जेष्ठ बुधबार १०:३८

जेठ २ काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले भूकम्पका कारण क्षति भएको धरहराको पुनःनिर्माणका लागि छिटो बोलपत्र आह्वान गरिने बताउनुभएको छ । 

विश्व संग्रहालय दिवसको उपलक्ष्यमा नेपाल म्युजियम एशोसिएसनले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा मन्त्री अधिकारीले महत्वपूर्ण सम्पदाका रुपमा रहेको धरहराको पुनःनिर्माणमा विभिन्न निकायले स्वार्थका कारण विवाद गरेकोमा चिन्ता व्यक्त गर्नुभयो । 

ऐतिहासिक सम्पदास्थल काष्ठमण्डपको पुनःनिर्माण शुरु भइसकेको जानकारी दिँदै उहाँले रानीपोखरीको पनि विवाद छिट्टै अन्त्य गरी निर्माण कार्य अगाडि बढ्ने बताउनुभयो । 

इतिहासविद् तुलसीराम वैद्य, प्राडा त्रिरत्न मानन्धर, शंकर थापा र सुरेन्द्र केसीले भूकम्पबाट ध्वस्त भएका सम्पदा अहिलेसम्म बन्न नसकेकामा चिन्ता व्यक्त गर्दै मुलुकबाट विभिन्न समयमा चोरी भई हराएका महत्वपूर्ण सम्पदा फिर्ता गर्न माग गर्नुभयो । 

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले कानूनी जटिलताका कारण विभिन्न समयमा आउने समस्याले सम्पदा पुनःनिर्माणका कार्य अपेक्षाकृत रुपमा अगाडि बढाउन नसकिएको स्वीकार्नुभयो । 

नेपाल एयर एभिएसन म्युजियमका क्याप्टेन वेद उप्रती, अभियन्ता रवीन्द्र पुरी, नेपाल राष्ट्रिय जातीय सग्रहालयका महासचिव धनबहादुर कुँवर, सह–प्राध्यापक खड्ग केसी, पर्यटन व्यवसायी लाक्पा फुटी शेर्पालगायतले मुलुकको इतिहास, पर्यटन, संस्कृति र सम्पदाको महत्वका बारे विचार व्यक्त गर्दै यस क्षेत्रको विकासमा सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । 

एशोसिएसनका अध्यक्ष प्रेमसिंह बस्न्यातले विभिन्न जाति समुदायको बसोवास रहेको मुलुकमा सबैका संस्कृतिलाई सरकारले संरक्षण गरी राष्ट्रिय संस्कृतिलाई बलियो बनाउन सकिने बताउँदै सरकारले स्थानीय समुदायसँग समन्वय गरी सम्पदा तथा संस्कृतिको जर्गेना गर्नुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने