2026-07-25 05:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिवि कर्मचारीको हकमा यस्ता २५ बुँदे मागपत्र पेश

जेठ २, काठमाडौँ | त्रिभूवन विश्वविद्यालय प्रगतिशील कर्मचारी संगठनले आज विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियासमक्ष त्यहाँ कार्यरत कर्मचारीको हकमा २५ बुँदे मागपत्र प्रस्तुत गरेको छ । 

मागपत्र पेश गरेपपछि संगठनका अध्यक्ष हेमराज न्यौपानेले विश्वविद्यालयको सुधार र गुणस्तरीयता कायम नरहेसम्म कर्मचारीको सेवा सुरक्षा र अभिवृद्धिको अवसर नमिल्ने बताउँदै त्रिविको समग्र सुधार र कर्मचारीको सेवा सुरक्षा र अवसरको सवालमा त्रिविका सबै पदाधिकारीको प्रतिबद्धता खोजेको भन्नुभयो । 

ज्यालादारी, करार र अस्थायी सेवामा कार्यरत सम्पूर्ण कर्मचारीको संख्या यकिन गरी सोहि बराबर विज्ञापन गरेर उनीहरुलाई स्थायी गर्न, खुला विज्ञापन गरी पदपूर्ति गर्न, सेवा ठेक्कामा लिने व्यवस्था अन्त्य गर्न, श्रम ऐनअनुसार संगठित हुने अधिकार सुनिश्चित गर्न, स्वास्थ्य उपचार कोषसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न, नर्सिङ एंव प्राविधिक कर्मचारीको सेवा सुरक्षा र पदोन्नति तथा प्राविधिक भत्ता व्यवस्था गर्न, त्रिविका सम्पूर्ण क्याम्पस, कार्यालयको क्षमता वृद्धि गर्न, सेवा प्रवेश र सेवाकालीन तालीमको व्यवस्था गर्न, सेवा आयोगको पाठ्यक्रम, कार्यविधिलगायत समयसापेक्ष परिमार्जन गर्न तथा नियमानुसार सरुवाको व्यवस्था गर्न माग गरिएको छ । 

यसैगरी त्रिवि प्रशासनलाई मर्यादित बनाउन, महाशाखा प्रमुखहरुबाट त्रिवि सभामा प्रतिनिधित्व गराउन, नियम विपरीत पदाधिकारी नियुक्ति खारेज गर्न, प्रशासनिक पदहरुमा शिक्षकबाट नियुक्तिको प्रक्रिया रोक्न, अनावश्यक पद सिर्जना गरी आर्थिक भार बढ्न नदिन, रजिष्ट्रार कर्मचारीमध्येबाट नियुक्त गर्न, राजनीतिक भागबण्डा तुरुन्त रोक्न, भौतिक सम्पत्तिको यथार्थ विवरण अद्यावधिक गर्न तथा त्रिवि र अन्य विश्वविद्यालयको सम्पत्ति विवाद अन्त्य गर्न संगठनले माग गरिएको छ । 

मागपत्र बुझ्दै उपकुलपति खनियाँले कर्मचारीका मागका बारेमा पदाधिकारीबीच छलफल गर्ने र चाँडै प्रतिनिधिमूलक सहभागितामा सबै कर्मचारी संघ–संगठनसँग बसेर समस्या समाधान गर्ने बारेमा कुराकानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मागपत्रको बोधार्थ त्रिवि सेवा आयोग, शिक्षाध्यक्ष, रजिष्ट्रार, त्रिवि कर्मचारी संघलगायत अन्य वर्गीय कर्मचारी संघ–संगठनलाई पनि दिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक