२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसले हारेर पनि दिल्लीको दिल जिते, दिल्लीले सन्दिपको बारेमा के लेख्यो ?

२ जेष्ठ २०७५, बुधबार ११:४७

जेठ २, काठमाडौँ | भिभो आईपीएल 2018 को सिजन ११ अन्तर्गत दिल्लीको कप्तानीको जिम्मेवारी युवा श्रेयस अय्यरको काँधमा आएसँगै नयाँ नयाँ प्रयोग गरे । जसको शिलशिलामा नेपाली क्रिकेटर सन्दिप लामिछाने पनि प्रयोगमै परे । खेलमा क्वालीफाई नहुने निश्चित जस्तै भएपछि पछिल्लो खेलमा दिल्लीले सन्दिप लामिछाने र अभिषेक शर्मालाई खेलमा उतार्यो तर दिल्लीलाई समेत चकित गराउने गरि यी दुई डेब्यु खेलाडीहरुले पर्दर्शन गरिदिए जसको चर्चा दिल्लीभर चुलिएको छ । दिल्लीको आधिकारिक वेबसाइटमा लेखिएको समाचारमा दिल्लीका युवा खेलाडीहरुको तारिफ सहित उनीहरुको बारेमा लेखिएको छ । दिल्लीले लेखेको छ यस टिममा केहि खेलाडी यस्ता छन् जसले आफ्नो प्रदर्शनमा सीनियरलाई समेत हैरान बनाइदिएका छन् । 

दिल्लीले लेखेको छ – सबैभन्दा पहिले कुरा गर्छौं, अभिषेक शर्माको बारेमा जो एक बायाँ हातको स्पिन ब्याट्सम्यान हुन् । यिनले कसरी ब्याटिङ गर्छन भन्ने कुरा पछिल्लो खेलबाटै थाहा हुन्छ । विराटको सेनाहरुको सामु अभिषेक शर्माको पहिलो आईपीएल डेब्यु खेल निकै लोभलाग्दो रह्यो । यस खेलमा अभिषेकले आरसीबीका बलरहरुसामु टिकेर खेले । उनले १९ बलमा नटआउट ३ चौका र ४ छक्का प्रहार गरेर ४६ रन जोडेका थिए । आशा गरिएको छ कि अभिषेकको यस किसिमको पर्दर्शन यस पछी पनि जारी रहनेछ ।


दिल्लीले नेपाली क्रिकेटर सन्दिप लामिछानेको बारेमा लेखेको छ – ब्यांग्लोरसंगकै म्याचमा अर्का किशोर १७ वर्षीय बलर सन्दिप लामिछाने पहिलो पटक आइपिएल खेले । यिनी थिए नेपाली शेन वार्न भनेर चिनिने सन्दीप लामिछाने । जहाँ दिल्लीका सबै बलरहरुलाई ब्यांग्लोरले धुलाई गरिरहेको थियो सोहि खेलमा सन्दिपले उल्टो ब्याट्सम्यानहरुलाईनै अफ्ट्यारोमा पारिदिए । उनले सबैभन्दा किफायती बलिङ गर्दै ४ ओभरना मात्र २५ रन दिएर एक विकेट पनि निकाले । १७ वर्षीय सन्दीप लामिछाने इंडियन प्रीमियर लीगमा खेल्ने पहिलो नेपाली क्रिकेटर पनि बने । लामिछाने ‘नेपाली वार्न’ को नामले प्रख्यात छन्, उनले र २०१६ को अंडर-19 वर्ल्डकपमा आएका थिए, जब आयरल्याण्डबिरुद्द लामिछानेले आफ्नो दोश्रो खेलमा ह्याट्रिक हासिल गरेका थिए । लामिछानेले त्यस खेलमा एक्लैले ५ विकेट हासिल गरेका थिए, त्यस्तै बंग्लादेशमा भएको अंडर-19 वर्ल्डकपमा ६ खेलमा उनले मात्र १४ विकेट लिएका थिए । यति मात्र नभई लामिछानेले ६ म्याचमा १७ विकेट झारेर २०१८ मा आईसीसी वर्ल्ड क्रिकेट लीग डिभिजन-२ मा ‘म्यान अफ द टूर्नामेन्ट’ समेत बने । लामिछानेको उमेर हेरेर उनको प्रतिभाप्रति यस कुराको थप इशारा गर्छ कि यी लेग स्पिनरको भविष्य निकै सुनौलो छ ।

त्यस्तै दिल्लीले हारेपनि यी ५ खेलाडीले जिते दिल्लीको दिल शिर्षकमा आफ्ना ५ खेलाडीको नाम उल्लेख गर्दै उनीहरु बारे लेखेको छ । जसमा अभिषेक शर्मा, सन्दिप लामिछाने, पृथ्वी साव, आवेश खान र ऋषभ पन्त रहेका छन् । ब्याट्सम्यान ऋषभ पन्तको बारेमा लेखिएको छ – यस आईपीएलमा विराट कोहली, रोहित शर्मा, शिखर धवन, क्रिस गेल, केएल राहुल, महेंद्र सिंह धोनी, सुरेश रैना, एबी डीविलियर्स जस्ता ब्याट्सम्यानलाई समेत पछाडी छाड्दै सबैभन्दा अगाडी जानेवाला ब्याट्सम्यान ऋषभ पन्त आइपिएल २०१८ को हालसम्मको खेलमा ब्याट्सम्यानहरुमै सर्वाधिक स्कोरहरु बनाएर अगाडी आएकका छन् । दिल्ली क्वालीफायरमा नपर्ने निश्चित भएपछी उनले रेकर्ड नराख्ने देखिएपनि उनको हालसम्मको स्कोरले उनको भविष्य देखाइएको चर्चा गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य