८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL: मुम्बईद्वारा पन्जाब ३ रनले पराजित, अन्तिम ४ का लागि दिल्लीबाहेक पाँच टीमको टक्कर

२ जेष्ठ २०७५, बुधबार १९:१५

जेठ ३, काठमाडौँ | आइपिएल सिजन ११ अन्तर्गत पछिल्ला खेलहरु निकै रोमान्चित हुँदै गएका छन् | खेलमा बलियो अवस्थामा पुगेको किंग्स इलेभेन पन्जाब पछिल्लो खेलहरुमा लगातार पराजित छैटौं स्थानमा पुगेको छ | 

बुधबार रातिको खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा १८३/५ रन बनाएर पंजावलाई १८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो | जवाफमा उत्रिएको पंजावले उक्त लक्ष्य ३ रनले पुरा गर्न नसक्दा खेलमा पराजित हुन पुग्यो | अन्तिम ओभरमा युवराज सिंह १ रन मात्र बनाएर आउट भए | उनलाई मुम्बईका मिचेल म्याक्लेनघनले आउट गरे | केएल राहुल एक्लैले निकै राम्रो खेल खेल्दै ९४ रन बनाएका थिए | त्यसपछि पंजाव खेलमा फर्कन सकेन | केएल राहुललाई जसप्रीत बुमराहले बेन कंटिंगको हातमार्फत क्याच आउट गरेर मुम्बईको लागि जित सुनिस्चित जस्तै गराएका थिए | पंजावका लागि केएल राहुल र एरोन फिंचले निकै फराकिलो १११ रनको सांझेदारी गरेका थिए तर ४६ रन बनाएर एरोन आउट भए त्यसपछिको पारी केएलले सम्हाले | 


पन्जाबको लागि क्रिस गेल र राहुलले पारीको शुरुआत गरेका थिए तर क्रिस गेल १८ रन बनाएर मिचेल म्याक्लेनघनको शिकारमा परे | 

यस अघि मुम्बईका लागि १८६ रन बनाउने क्रममा मुंबईको लागि कीरोन पोलार्डले ५० रन र क्रुणाल पाण्डेले ६५ रन जोडेका थिए | उता मुम्बईको विकेट लिने क्रममा पंजाबका एन्ड्रयू टायले ४ ओभरमा  १६ रन मात्र दिएर ४ विकेट लिएका थिए, तर मुम्बई आफैले चुनौतीपूर्ण स्कोरसम्म पुग्न सफल भयो | जसको फलस्वरूप मुम्बईले दिएको लक्ष्य पंजावले पुरा गर्न सकेन | 


आजको खेलमा मुम्बईले जितेसँगै अब अन्तिम ४ मध्ये २ क्वालीफाई स्थानको लागि ५ टिमको रोमान्चित भिडन्त हुँदैछ | ८ टिम मध्ये दुई टिम सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सले आइपिएलमा अन्तिम ४ को स्थान पक्का गरिसकेका छन् भने दिल्ली अन्तिम ४ मा पुग्ने सम्भावनाभन्दा निकै बाहिर छ | बाँकी ५ टिममा कोलकाता तेश्रो स्थानमा रहेको र १४ प्वाइन्ट पाएर अगाडी छ | बाँकी ४ टिमलाई अबको खेल गर या मरको स्थितिमा हुनेछ | 

यसैबीच बिहिबार बेलुका रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई खेल जित्नु अत्यावश्यक छ | आइपिएलमा सर्वाधिक स्कोर बनाएर सबैभन्दा शिर्ष स्थानमा पुगिसकेको हैदरावाद र सातौँ स्थानमा रहेको ब्यांग्लोरबीच टक्कर हुँदैछ |  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता