२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्युनिष्ट पार्टी कहिल्यै नफुट्ने गरी एकता हुने: प्रधानमन्त्री

२०७५, ३ जेष्ठ बिहीबार ०५:५९

जेठ ३ काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कम्युनिष्ट पार्टी अब कहिल्यै नफुट्ने गरी आज नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुन लागेको बताउनुभएको छ । 

मदन भण्डारी र जीवराज आश्रितको २५औँ स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा एमालेद्वारा आयोजित कार्यक्रममा उहाँले विगतमा कम्युनिष्ट कहिले फुट्ने र कहिले जुट्ने गरेको उल्लेख गर्दै अब दुई पार्टी कहिल्यै नफुट्ने गरी पार्टी एकीकरण गर्न लागेको बताउनुभयो । 

“एकतापछि बन्ने एकीकृत कम्युनिष्ट पार्टीले मुलुकलाई नयाँ उचाइमा पुर्याउने छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “दुई पार्टीबीचको एकताले नेपालको राजनीतिक, सामाजिक, नेपालको वर्तमान र भविष्य, नेपालको अर्थतन्त्र र सांस्कृतिक उचाइलाई अनेक कोणले प्रभावित पार्दै असाधारण र दूरगामी महत्व राख्ने छ ।” 

उहाँले मदन भण्डारी र जीवराज आश्रितको योगदानको कदर गर्दै उहाँहरुको स्मृति दिवसको अवसर पारेर पार्टी एकता गर्न लागेको बताउनुभयो । 

एकतामार्फत नै मदन भण्डारीले सोचेको सुखी नेपाली र स्वाभिमान नेपालीको सपना साकार पार्ने उहाँको भनाइ रहेको थियो । 

उहाँले दुवै पार्टीले नै एकताको निर्णय गरिसकेको भन्दै एकता संयोजन समितिको बैठकले अनुमोदन गरी दुवै पार्टीको संयुक्त केन्द्रीय कमिटी बैठकले एकताको निर्णय गरिसकेपछि निर्वाचन आयोगमा आजै नयाँ दल दर्ता गरिनेसमेत बताउनुभयो । 

प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसलाई प्रतिष्पर्धी नभई सहयोगीका रुपमा लिएर जाने बताउनुभयो । 

“हामी सबै मिलेर देश बनाउने हो”, उहाँले भन्नुभयो, “त्यसैले हामी काँग्रेसलाई पनि साथमा लिएर चल्दछौँ ।” 

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारी र जीवराज आश्रित अवसान भएको दिन ऐतिहासिक भएकाले पार्टी एकता गर्न थालेको बताउनुभयो । 

पूर्व प्रधानमन्त्री दाहालले उहाँहरुको स्मृतिको दिनमा मुलुकलाई ऐतिहासिक मोडमा पुर्याउनका लागि आफूले नै एकताको प्रस्ताव गरेको समेत उल्लेख गर्नुभयो । 

“अब पार्टी एकता गर्नका लागि ढिला गर्दै मदन–जीवराजको अवसान भएको दिन पार्टी एकता गर्नुपर्छ भनेर मैले नै भनेको हुँ ।” उहाँले भन्नुभयो, “आजको दिन पार्टी एकता गरेर मदन–जीवराज प्रति सम्मान गर्न थालेका हौँ ।” उहाँले मदन भण्डारीको स्मृति दिवसको अवसरमा पार्टी एकता गर्न थालेकामा गर्व भएको बताउनुभयो । 

सोही अवसरमा प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले स्व मदन भण्डारी र जीवराज आश्रितको तस्वीरमा माल्यापर्ण गर्नुभएको थियो । 

तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा निधन भएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा