2026-07-25 01:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कङ्गोमा इबोलाको प्रकोप देखियो, समयमै नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनको आग्रह

जेठ ३ कङ्गो | प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फेरि इबोला भाइरसको संक्रमण देखा परेको स्वास्थ्य अधिकारीले जनाएका छन् । 

दश लाख जनसंख्या भएको उत्तरपश्चिमी सहर ब्यान्डाकामा सो संक्रमण देखिएको त्यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिनुभएको छ । 

इबोला संक्रमणका विरामी यहाँ पुनःदेखा परेका हुन् । झण्डै १० लाख व्यक्तिको बसोबास रहेको उक्त सहरमा यो संक्रमण देखा परेकोले यसको प्रकोप बढ्न सक्ने त्रास बढेको सो समाचारमा जनाइएको छ । 

यसअघि यसै महिनाको. सुरुमा ब्यान्डाका सहरभन्दा करिब १५० किलोमिटर टाढा अवस्थित ग्रामीण वस्तीमा इबोला संक्रमणका विरामी देखिएका थिए । यस सक्रमणमा परी करिब २३ जनाले ज्यान गुमाएका थिए । 

परीक्षणको लागि चार हजार इबोलाको खोप बुधबार मात्र कङ्गो पुर्याइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको थियो । 

पश्चिम अफ्रिकामा सन् २०१४ मा इबोलाको महामारीको क्रममा सो खोपको परीक्षण सफल भएको विश्व स्वास्थ्य संगठनले थप जानकारी दिएको छ । 

कङ्गोमा यस प्रकार इबोलाको नयाँ सक्रमणबाट खराब अवस्था आउनसक्ने भन्दै विश्व स्वस्थ्य संगठनले चिन्ता प्रकट गरेको छ । 

यस संक्रमणको नियन्त्रणका लागि विश्व स्वस्थ्य संगठनले सहयोग गर्ने वाचा गरेको छ । त्यस बमोजिमका आठ हजार खोपमध्ये पहिलो किस्ताका चार हजार खोप बिहीबार त्यहाँ पुर्याइएको छ । 

इबोला संक्रमित र उनीहरूसँग सम्पर्कमा रहेका व्यक्तिलाई सकेसम्म चाँडो खोप लगाउने विश्व स्वास्थ्य संगठन र कङ्गोका अधिकारीले जानकारी दिएका छन् । 

सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा देखिएको इबोलाको भीषण महामारी कङ्गोमा हाल देखिएकोले परिस्थिति खतरापूर्ण पनि हुनसक्ने अधिकारीहरुको भनाइ रहेको छ । 

पश्चिम अफ्रिकामा इबोला भाइरसको कारण करिब एघार हजार जनाको ज्यान गएको थियो । 

यसको सक्रमण प्रकोप २८ हजार व्यक्तिमा देखिएको बताइएको थियो । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक