८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL: शिर्ष स्थानको हैदरावादलाई हराउँदै ब्यांग्लोर पाँचौं स्थानमा उक्लियो (अंक तालिका सहित)

३ जेष्ठ २०७५, बिहीबार १८:२१

जेठ ४, काठमाडौँ | आइपिएल एघारौं सिजन अन्तर्गत बिहिबार राति भएको ५१ औं खेलमा रोयल च्यालेन्जर्स ब्यांग्लोरले सिजनकै शिर्ष स्थानमा रहेको सनराइजर्स हैदरावादलाई १४ रनले पराजित गरेको छ । 

घरेलु मैदान एम चिन्ना स्वामी स्टेडियममा टस हारेर पहिले व्याटिङ्गको निम्तो पाएको बेंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१८ रन बनाएको थियो । जसमा ब्यांग्लोरका लागि एबी डिभिलियर्सले सर्वाधिक ६९ रन बनाएका थिए । उनले १२ चौका र १ छक्का प्रहार गरे भने मोइन अलीले २ चौका ६ छक्कासहित ६५ रन जोडेका थिए ।


त्यस्तै कोलिन डि ग्राण्डोम्मले १ चौका र ४ छक्कासहित ४० रन बनाएका थिए । त्यस्तै शर्फराज खानले २२ रन जोड्दा कप्तान विराट कोहली १२ रनमा आउट भएका थिए । ब्यांग्लोरलाई समेट्ने क्रममा बलिङतर्फ रसिद खानले ३ विकेट लिए बहने सिद्धार्थ कोलले २ तथा सन्दिप शर्माले १ विकेट लिएका थिए । 


त्यसपछि ब्यांग्लोरले दिएको २१९ रनको लक्ष्य पछ्याउने क्रममा सनराइजर्स हैदरावादका लागि शिखर धवनले १५ बलमा १८ रन जोडे । त्यस्तै अलेक्स हेल्सले २४ बलमा ३७ रन बनाए । हैदरावादको लागि कप्तान विलियमसन र मनिष पाण्डेले फराकिलो साझेदारी गरे । खेलमा कप्तान विलियमसन अन्तिम ओभरको पहिलो बलमा आउट भए । उनले ४२ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ८१ रन जोडेका थिए । कप्तान बाहिरिएपछि हैदरावादको हातबाट खेल गुम्न पुग्यो । त्यस्तै खेलमा मनिष पाण्डेले नट आउट ६१ रन बनाए | यससँगै हैदरावादले पुरा २० ओभरको खेलमा ३ विकेट लिएर २०४ रन मात्र जोड्यो । फलस्वरूप रोयल च्यालेन्जर्स हैदरावादले खेल १४ रनले जित्यो । 


हैदरावादको विकेट लिने क्रममा ब्यांग्लोरका मोहम्मद सिराज, युज्वेन्द्र चाहाल र मोइन अलिले १/१ विकेट लिए | विकेटकै शिलशिलामा ब्यांग्लोरका एवि डेभिलियर्सले सानदार क्याच गरेका थिए | 

गर या मरको स्थितिमा रहेको ब्यांग्लोरले बिहिबारको जितसँगै अन्तिम ४ मा पुग्ने आफ्नो सम्भावना कायमै राखेको छ | खेलमा ७ औं स्थानमा रहेको ब्यांग्लोर अब ५ औं स्थानमा उक्लिएको छ | अब उसको स्थानमा किंग्स इलाभेन पंजाव पुगेको छ | खेलमा यस अघि नै हैदरावाद र चेन्नई क्वालीफाई भईसकेका छन् | अब आज बेलुका आइपिएल खेलमा दिल्ली डेयर डेभेल्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदैछ | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता