२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परदेशीको पीडालाई समेटीएको अहिलेसम्मकै मार्मिक गीत सार्वजनिक (भिडियोसहित)

२०७५, ४ जेष्ठ शुक्रबार ०६:२१

जेठ ४ काठमाडौं | जीवनको अनेकौ रंगीन सपना सजाएर आफ्नो परिवारलाई सुखी राख्ने, खुशी राख्ने बाचा गर्दै परदेशी जब सबै सपना सपनामै सिमित राखी काठको बाकसमा सजिएर आउने यथार्थलाई समेटी बनेको 'बोल माया' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले एक कार्यक्रमको बिचमा उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। 

होटेल हिमालय, ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्रि विष्टले उक्त गीतलाई सार्वजनिक गरेका हुन् | 

परदेशीको वियोगलाई समेटेर बनाइएको उक्त गीतमा प्रकाश सपुतले शव्द दिएका छन् भने संगीत, रचना र म्युजिक भिडियो निर्देशन समेत सपूतले नै गरेका छन् | उक्त मार्मिक गीतलाई चर्चित लोक गायक तथा फिल्म निर्देशक नारायण रायमाझी र सुमुधुर स्वरकी धनि चर्चित गायिका शान्तिश्री परियारले आवाज दिएकी छिन्। 

रायमाझी, परियारका साथै गीतमा प्रकाश सपुतको समेत स्वर समेटिएको छ। गायनमा नयाँ प्रयोग समेत गरिएको गीत र त्यसको म्युजिक भिडियोले प्रमुख अतिथिका रुपमा कार्यक्रममा उपस्थित मन्त्री विष्ट सहित सहभागीका आँखा रसाएका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति