१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

तरुणदल खोटाङको प्रशिक्षण सम्पन्न

५ जेष्ठ २०७५, शनिबार १६:५४

चिसाङ शेर्पा | जेठ ५, खोटाङ | नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल खोटाङले एक दिने अगुवा तरुणहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कांग्रेसका जिल्ला स्तरीय विशिष्ट नेताहरुको उपस्थितीमा सहभागीहरुलाई कांग्रेसको इतिहासमा तरुण दलको पृष्ठभूमि, तरुण दलको वर्तमान परिप्रेक्ष्य, कांग्रेस र तरुण दलको बिशेषता तथा तरुण दलको बिगत, वर्तमान र भविष्यको कार्ययोजना विषयक कार्यपत्रमा प्रशिक्षण दिईएको थियो ।

नेपाली कांग्रेस पार्टी कार्यालय दिक्तेलमा शनिबार भएको प्रशिक्षण कार्यक्रममा पुर्व पार्टी सभापति विष्णुकुमार राईले कांग्रेसको ईतिहासमा तरुण दलको पृष्ठभूमि, नेपाल तरुण दलका केन्द्रिय तथा महासमिति सदस्य दिनेश कुमार राईले तरुण दलको सान्र्दभिकता, महाधिवेशन प्रतिनिधि डा. राजकुमार राईले कांग्रेस र तरुण दलको बिशेषता, कांग्रेस जिल्ला सचिव ईच्छु रानाले तरुण दलको बिगत, वर्तमान र भविष्यको कार्ययोजना बिषय क कार्यपत्रमा प्रशिक्षण दिनुभएको तरुण दल खोटाङले जनाएको छ । 

कार्यक्रममका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका जिल्ला सभापति नरेश कुमार श्रेष्ठले जिल्लामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकतालाई आर्दश मान्दै सवै तरुणहरुलाई गोलवन्द गराएर लैजान तरुण दलले अगुवाई गर्न आवाश्यक रहेको बताउनुभयो । समय समयमा गरिने प्रशिक्षणले गोलवन्द हुन तरुणहरुलाई अगाडी बढ्न प्रेरणा दिने सभापति श्रेष्ठले बिश्वास ब्यक्त गर्नुभयो । 

प्रशिक्षण कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभापति भीषण राईले अब, तरुण दल प्रशिक्षण कार्यक्रम सवै स्थानिय तहमा पनि गरिने बताउनुभयो । कार्यक्रममा क्षेत्र नम्बर १ का सभापति इश्वर राई, महाधिबेशन प्रतिनिधि जितेन्द्र सिं ठकुरी, महासमिति सदस्य तथा सांसद हिरा गुरुङले तरुण दलका सम्पुर्ण एकजुट हुनुपर्ने बताउनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह