2026-09-18 11:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइलमा चार्ज टिकेन ? यसो गर्नुहोस्

तपाईको मोबाइलको ब्याट्री छिटो सकिन्छ? चिन्ता नगर्नुस, यी ७ टिप्स अपनाउनस, घन्टौसम्म मोबाइल चलाउनुस

स्मार्टफोन निर्माता कम्पनीले धेरै क्षमताको ब्याट्री सार्वजनिक गरिरहेका छन् । तर पनि मोबाइलले धेरै लामो समय ब्याट्री टिकाउँदैन । मोबाइल प्रयोगकर्ताका लागि भने ब्याट्री सकिने चिन्ता भइरहन्छ । मोबाइलको ब्याट्री बढाउन यस्ता खालका उपाय अपनाउन सकिन्छ –

१. यदि तपाई गाडी चलाउँदै हुनुहुन्छ भने कारको ड्यासबोर्डमा नराख्नुस् । साथै फोनलाई पनि सनलाइट पनि कम गरिराख्नुस् । किनकि गर्मीले पनि ब्याट्रीको आयुलाई कम गर्ने गर्छ ।

२. फोन प्रयोग गरिरहेको समयमा यो ध्यान राख्न जरुरी छ कि, फोनको ब्याट्री कहिल्यै पनि पूरै नसकियोस् । जब ब्याट्री दश प्रतिशतभन्दा तल जान्छ, मोबाइल चार्ज गर्नुस् ।

३. केही मोबाइल प्रयोगकर्तालाई यो भ्रम हुन्छ कि, फोनलाई सय प्रतिशत नै चार्ज गर्नुपर्छ तर त्यस्तो होइन । फोनलाई फुल चार्ज गर्नु आवश्यक हुँदैन ।

४. केही प्रयोगकर्ता फोन चार्ज भइसकेपछि पनि मोबाइलको चार्जर जोडिरहेका हुन्छन् । यसो गर्दा फोनको ब्याट्रीमा असर पर्ने गर्छ । त्यसैले पनि फोनलाई रातभरी चार्जमा राख्नु उपयुक्त हुँदैन ।

५. भाइब्रेसन र उच्च भोल्युमको रिंगटोनले ब्याट्रीलाई बढी छिटो सक्छन् । त्यसैले ब्याट्री अफ गर्न भाइब्रेसन पनि अफ गर्नुस् र रिंगटोनको भोल्युम पनि सानो राख्ने गर्नुस् ।

६. तपाईलाई लाग्न सक्छ, ब्याट्री सेभर एपहरु सबै ठीक हुन सक्छन् । तर त्यो गलत हो । सबै ब्याट्री सेभर एप ब्याट्री बचाउनका लागि उपयोगी हुँदैनन् । यस्ता एपले उल्टो ब्याट्री घटाउने हुनाले सही एप छुट्याएर मात्र प्रयोग गर्ने गर्नुस् ।

७. यदि फोनमा कम ब्याट्री छ भने फोनको ब्याकग्राउन्ड एप्स र वाइ फाइ पनि बन्द गर्नुस् । यसो गर्दा तपाईको ब्याट्री अझ बढी समयसम्म टिक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई