८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL: टुंगो लाग्यो अन्तिम ४ टिम, चेन्नईद्वारा पन्जाव ५ विकेटले पराजित (को-को बाहिरिए ?)

६ जेष्ठ २०७५, आईतवार १८:५१

जेठ ७, काठमाडौँ | आइपिएल सिजन ११ अन्तर्गत ५६ औं खेलमा चेन्नई सुपर किंग्स र किंग्स ईलाभेन पन्जावबीच भएको खेलमा पंजाव ५ विकेटले पराजित भएको छ | खेलमा पन्जावको पराजयसँगै राजस्थान रोयल्स १६ प्वाइन्ट सहित अन्तिम चारमा पुगेको छ | साथै मुम्बई इन्डीएन्स पन्जाव, रोयल च्यालेन्जर्स ब्यांग्लोर, किंग्स ईलाभेन् पंजाव र दिल्ली डेयरडेभल्स आइपिएल सिजन ११ बाट बाहिरिएका छन् | 


आइपिएल सिजन ११ मा प्लेअफमा क्रमश सनराइजर्स हैदरावाद, चेन्नई सुपरकिंग्स, कोलकाता नाइटराइडर्स र राजस्थान रोयल्स पुगेका छन् | अब यी चार टिमको खेलहरु हुनेछन | अब मंगलबार हुने खेलमा सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिंग्स भिड्नेछन् | 

आजको खेलमा पहिले ब्याटिङ गर्दै किंग्स इलेभन पञ्जाबले चेन्नई सुपर किंग्ससामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । महाराष्ट्र क्रिकेट एशोसियसन स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको पञ्जाब १९.४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनमा समेटियो। प्लेअफमा प्रवेशको लक्ष्यसहित मैदानमा उत्रिएको  पञ्जाबको व्याटिङ्ग चेन्नईविरुद्ध खराब रह्यो।

करुण नायरले २६ बलमा ३ चौका र ५ छक्कासहित ५४ रन, मनोज तिवारीले ३ चौका र १ छक्कासहित ३५ तथा डेभिड मिल्लर २४ र अक्षर पटेलले १४ रन बनाउनु बाहेक पञ्जाबका अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। आश गरिएका केएल राहुल ७ तथा क्रिश गेल शून्यमा आउट भए । बलिङतर्फ लुंगी नगिदीले पञ्जाबका ४ विकेट लिएका थिए ।


जवाफमा ब्याटिङ गरेको चेन्नईले पंजावले दिएको लक्ष्य १९.१ ओभरको खेलमा पुरा गर्दै आफ्नो आइपिएल प्वाइन्ट सनराइजर्स हैदरावाद बराबर पार्न सफल भयो | तर रनरेटको आधारमा चेन्नई दोश्रो स्थानमै छ | आजको खेलमा चेन्नईका लागि सुरेश रैना नटआउट सर्वाधिक ६१ रन जोडे, उनले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए | त्यस्तै खेलमा अर्को महत्वपूर्ण स्कोर दिपक चाहरले जोडे | उनले २० बलमै ३९ रन जोडेर अन्तिममा निकै अफ्ट्यारो अवस्थामा पुगिसकेको चेन्नईलाई जितको लागि सहज बनाए | त्यस्तै खेलमा कप्तान महेन्द्र सिंह धोनीले नट आउट रही ७ बलमै १६ रन जोडेर पंजावले दिएको लक्ष्य ५ बल बाँकी छँदै पुरा गरे | चेन्नईको ५ विकेट पतन गराउने क्रममा चेन्नईका अंकित राजपुत र रभीन्द्रन आश्विनले समान २/२ विकेट लिए भने मोहित शर्माले १ विकेट लिएका थिए | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता