2026-06-26 04:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दिप लामिछाने मंगलबार आज फर्कदै, समर्थकहरु स्वागतमा आतुर

जेठ ८, काठमाडौं । IPL  खेलेर नेपाली यूवा खेलाडी सन्दिप लामिछाने आज स्वदेश फर्कदैछन् ।

आज सन्दिप जेट एयरवेजको विमानबाट अपरान्ह सवा ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुनेछन् । लेग स्पेनर सन्दिप इतिहासमै आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् भने आइपिएलमा जम्मा तीन खेल खेलेर दिल्लीलाई लगातार पछिल्ला दुई खेलमा जिताउन महत्वपूर्ण भूमिका खेल्ने खेलाडी हुन् । ११ खेलसम्म आइपुग्दा सन्दिपको टोली दिल्ली लिगबाट बाहिरिसकेको थियो ।

१२ औं खेलमा डेब्यू गरेका सन्दिपले आइपीएलमा मात्र ३ खेल खेले तर उनको प्रदर्शनले भारतभरि चर्चा त हुनेनै भयो विश्वभरी पनि चर्चा बिषय बनेको छ । उनले आइपिएलमा तीन खेलमा ५ विकेट लिए भने ६.८३ को इकोनोमी बलिङ गरे जुन आइपीएलको पाँचौं स्थानको इकोनोमी हो । यस्तै उनी उत्कृष्ट एभरेज बलिङमा पनि १६.४० अंक सहित पाँचौ स्थानमा पर्न सफल भए । सूची खेलाडीको प्रदर्शन अनुसार परिवर्तन हुनसक्छ । किनभने आइपिएल अझै जारी छ । तर सन्दिपको बलिङको विश्वभर चर्चा भइरहेएको छ । 

प्रतियोगितामा १२ ओभर बलिङ गरेका सन्दिपले ८२ रन खर्चेर ५ वीकेट लिएका थिए । सन्दिपलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय मूल्यमा आफ्नो टोलीमा अनुबन्ध गरेको थियो । 

क्रिकेटमा होनाहार ब्यक्तिहरुले सन्दिपलाई नेपालको भविष्य भनेका छन् । पहिलो खेलमा सन्दिपले रोयल च्यालेन्जर्स बैंगलौर विरुद्ध १ वीकेट लिए तर मात्र २५ रन दिए भने दोश्रो खेलमा चेन्नइ सुपर किंग्स विरुद्ध १ वीकेट लिएर सन्दिपले  २१ रन मात्र दिएका थिए । त्यसपछी  उनले आफ्नो तेस्रो खेलमा मुम्बइ इन्डियन्सविरुद्ध ३ वीकेट लिए ३६ रन दिएका थिए । 

सन्दिप नेपाल फर्किएपछि आइसीसी विश्व ११ को टोलीबाट सहयोगार्थ खेल खेल्न इंगल्याण्ड प्रस्थान गर्नेछन् । क्यारेबीयन क्षेत्रको मुख्य स्टेडियम शक्तिशाली आँधीले भत्काएपछि त्यसलाई पुननिर्माण गर्ने हिसाबले च्यारिटी खेलको आयोजना गरिएको हो । 

उनि आज नेपाल फर्कने भएपछि उनको स्वागतमा नेपाली क्रिकेट समर्थकहरु आतुर छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने