२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् सुन तस्करीका नाइके गोरे, भारतको भगौडा आर्मी-दुबई प्रहरी अनि तस्कर !

२०७५, ८ जेष्ठ मंगलवार ०७:२७

जेठ ८, काठमाडौं । ३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त चुडामणि उप्रेती गोरे पक्राउ परेका छन् । उनलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरिएको छ ।

उनलाई आजै सकेसम्म छोटो साधानमा मोरङ पुर्याईने प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । यस अघि भारतबाट पक्राउ परेको भनिएपनि प्रहरीले उनलाई काठमाडौँको गौरीघाटबाट आज बिहान करिब ५:३४ बजेनै पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार गोरे काठमाडौँ छिरेको सूचनाको आधारमा प्रहरीको गोप्य टोलीले तीन दिनदेखि खोज्दा आज पक्राउ गर्न सफल भएको जनाएको छ । 

प्रहरीले गोरे पक्राउ परेपछि यसअघि पक्राउ परेकाहरुको बिषयमा थप पुष्टि भएको र अझै केहि थप व्यक्तिहरुको बारेमा पनि प्रहरीले सोधपुछबाट तथ्य निकालेको जनाएको छ । 

गत बर्ष माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएपछि सुन काण्ड मच्चिएको थियो । पछी सनम साक्य मारिएपछी घटना थप भयानक बन्यो । घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा पूर्व डिआर्इजी गोविन्द निरौला,  महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसीसहित ७ प्रहरी अधिकारी पक्राउ परेका छन् । एसएसपी श्याम खत्री अझै फरार छन् । घटनामा संलग्न ६३ जनाविरुद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको छ । यो मुद्दामा जिल्ला अदालत मोरङमा बहस जारी छ ।

घटनाको अनुसन्धान गर्न सरकारले गृहमन्त्रालयका सह-सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो ।

को हुन् गोरे ? 

साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त मोरङ, उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ उपनामले चिनिन्छन्, उनलाई ‘गोल्ड डन’ पनि भनिन्छ ।

प्रहरी उच्च अधिकारीहरुसँग हिमचिमबाट फाइदा उठाउँदै गोरेले सुन तस्करी गर्दै आएका थिए । यसअघि पनि उनको नाम तस्करीसँग नजोडिएको होइन तर, बच्दै आएका थिए । यो पटक सनमको हत्याभएपछि उनी अनुसन्धानको घेरामा तानिएका थिए । नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षकका छोरा उप्रेतीले भारतीय सेनामा जागिर खाने प्रयास पनि गरेको थिए । तर, त्यहाँ पुगेर सेनाको तालिम लिएको केही समयमै उनी भागेका थिए ।

त्यहाँबाट भागेर उनी दूबई पुगेका थिए । त्यहाँ पनि उनले दूबई प्रहरीमा पनि जागिर खाए । स्वदेशमा छँदा मोरङ-११ फुटबल क्लबमा समेत आबद्ध उनको जीवनमा दूबई गएपछि भने एकाएक परिवर्तन आएको थियो । उनले दूबई प्रहरीको जागिर छाडेर तस्करीलाई धन्दा बनाएका थिए । त्यसपछि उनले देखिने गरी उनको उर्लाबारीमा डेढ विगाह जग्गा र दुई तले पक्की घर बनाएका थिए । उनको काठमाडौंको गौरीघाटमा पनि आलिसान बंगला बनाएका उनले बानेश्वरमा दुई वटा कोठा भाडामा लिएर सुन स्टोर गर्ने गोदाम बनाएका थिए । 

हाल उनका भाइ र श्रीमति दुवै यूएईमा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा