२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL-11 बाट राजस्थान बाहिरियो, कोलकाताद्वारा २५ रनले पराजित

२०७५, ९ जेष्ठ बुधबार १७:४०

जेठ ९, काठमाडौँ | आईपीएल सीजन ११ को एलिमिनेटर खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई २५ रनले पराजित गरेको छ | आजको खेल जितेसँगै राजस्थान आइपिएलबाट चौथो स्थानमै सिमित हुँदै आईपिएल सिजन ११ बाट बाहिरिएको छ | अब कोलकाता नाइट राइडर्सले फाइनल खेलको लागि क्वालिफायर-२ मा सनराइजर्स हैदराबादसँग २५ मेमा खेल्नेछ | यस अघि सनराइजर्स हैदराबादलाई पराजित गर्दै चेन्नई सुपरकिंग्स आइपिएलको फाइनलमा पुगिसकेको छ | 

कोलकाताको ईडन गार्डन्स स्टेडियममा भएको आजको खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै कोलकाता नाइट राइडर्सको टीमले २० ओभरमा ७ विकेट गुमाई १६९ रन बनाएर राजस्थान रोयल्सलाई १७० रनको लक्ष्य दिएको थियो | जवाफमा राजस्थानले २० ओभरमा १४४ रन मात्र बनाउँदा हार्न पुग्यो |


राजस्थानको लागि सन्जू स्यामसनले सबैभन्दा धेरै ५० रन बनाए जसको लागि उनले ३८ बलमा चार चौका र दुई छक्का प्रहार गरे | कप्तान अजिन्क्य रहाणेले ४६ रन बनाएका थिए | तर उक्त स्कोर लक्ष्यमा पुग्नको लागि प्रयाप्त हुन सकेन | राजस्थानको ४ विकेट लिने क्रममा कोलकाताका पियुस चावलाले २ विकेट लिए भने कुलदिप यादव र प्रसिद् कृष्णले १ विकेट लिए | 

यस अघि कोलकाताले राजस्थानलाई १७० रनको लक्ष्य दिएको थियो | जुन स्कोर जोड्ने क्रममा २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो | राजस्थानको लागि आन्द्रे रसेलले महत्वपूर्ण पारी खेले | उनले खेलको अन्त्यतिर २५ बलमा नटआउट रही ४९ को पारी खेलेका थिए | कोलकाताको लागि सर्वाधिक रन कप्तान दिनेश कार्तिकले बनाए | उनले ३८ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै 52 रनको पारी खेलेका थिए | त्यस्तै शुभमन गिलले २८ रन बनाएका थिए भने क्रिस लिनले १८ रन जोडे | कोलकाताले अन्तिम छ ओभरमा मात्र ८५ रन जोडेको थियो | खेलमा सुनील नरेनले ४ रन, रोबिन उथप्पाले ३ रन  र नीतीश राणाले ३ रन मात्र बनाउन सके | खेलमा राजस्थानका लागि ७ विकेट लिने क्रममा कृष्णप्पा गौतम, जोफ्रा आर्चार र बेन लाफ्लिनले २/२ विकेट लिए भने श्रेयस गोपालले १ विकेट लिएका थिए | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ