२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सगरमाथा म्युजिक अवार्ड २०७५ को आवेदन फारम असार १ गतेबाट खुल्ला

१० जेष्ठ २०७५, बिहीबार ०८:००

जेठ १० काठमाडौं | ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुने भएको छ । रेस्पोन्सिभ मिडिया प्रा.लि.को आयोजनामा हुने उक्त अवार्डको आवेदन फारम असार १ गतेबाट खुल्ला हुने आयोजक समितिका अध्यक्ष मनोज थापाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।


यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र भजन तर्फबाट ४० विधामा अवार्ड प्रदान गरिने आयोजक समितिले जनाएको छ । 

अवार्डमा चलचित्रतर्फ गीतकार, संगीतकार, गायक, गायिका, त्यसैगरी आधुनिक तर्फ गीतकार, संगीतकार, गायक, गायिका, नव गायक, नव गायिका, भिडियो निर्देशक, छायाँकार, भिडियो सम्पादक, मोडल पुरुष, मोडल महिला रहेका छन् । 

पप गीत तर्फ गीतकार,संगीतकार, गायक, गायिका, भिडियो निर्देशक, छायाँकार, भिडियो सम्पादक, मोडल पुरुष, मोडल महिला त्यसैगरी लोक दोहोरी तर्फ शब्द, लय, गायक, गायिक, मोडल पुरुष, मोडल महिला, भिडियो निर्देशन, भिडियो, छायाँकार, भिडियो सम्पादक, नव गायक र नव गायिका तथा भजन तर्फ गीतकार,संगीतकार, गायक, गायिका विधाहरु रहेका छन् । यस अवार्डमा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्नेछन् ।

अवार्डलाई सब्य अनि भब्य बनाउनका लागि मनोज थापाको अध्यक्षतामा आयोजक समिति गठन भएको छ । समितिमा कार्यक्रम संयोजक राजेन्द्र लुईटेल, कार्यक्रम निर्देशक रामकृष्ण श्रेष्ठ, मिडिया संयोजक मुकुन्द बस्नेत र आर्थिक संयोजक कुशल खत्री रहेका छन् । 

अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई नगदसहित सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा