2026-07-06 08:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीद्वारा राष्ट्रियसभामा नीति तथा कार्यक्रम छलफल गर्न आग्रह

2018-05-24

जेठ १० काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही सोमबार संसद्को दुवै सदनमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल थाल्न प्रस्ताव गर्नुभयो । 

उक्त प्रस्तावमाथि आफ्नो धारणा राख्दै सदस्य सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रममा नीतिमात्र आएको तर कुनै पनि कार्यक्रम र समयावधि नतोकिएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम स्पष्ट नभएको भन्दै विकासका लागि साधन र स्रोतका विषय खुलाउनुपर्नेमा जोड दिनुभयो । 

अर्का सदस्य वृशेषचन्द्र लालले सरकारको नीति तथा कार्यक्रम महत्वाकांक्षी र अंक गणितीय खेल भएको टिप्पणी गर्नुभयो । उहाँले दम्भको भाषामा नीति तथा कार्यक्रम आएको गुनासो गर्दै संविधान संशोधनको विषय पनि नीति तथा कार्यक्रममा राखिनुपर्ने माग गर्नुभयो । 

त्यस्तै, सदस्य प्रमिला कुमारीले जनसंख्या र मानव विकास सूचकांकलाई आधारमा बनाएर साधन र स्रोतको बाँडफाँड गरिनुपर्नेमा नीति तथा कार्यक्रमले जोड दिनुपर्ने सुझाव दिनुभयो । 

संघीयता कार्यान्वयनका लागि नीति तथा कार्यक्रम अनुदार रहेको भन्दै उहाँले मधेशका जिल्लामा रहेको गरिबी र अशिक्षालाई ध्यानमा राखेर कार्यक्रम ल्याइनुपर्नेमा जोड दिनुभयो । 

तीनै सदस्यले सरकारको नीति तथा कार्यक्रमको संशोधनको माग गर्दै आ–आफ्नो धारणा राख्नुभएको हो |रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै