2026-07-25 12:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा ११ जना तालिबान मारिए

जेठ १०, अफगानिस्तान | अफगानिस्तानको पूर्वी प्रान्त गजनीको मुकार जिल्लामा तालिबान आतङ्ककारीका विरुद्धमा यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी ११ जना तालिबानको ज्यान गएको समाचार छ । 

यस झडपमा परी बुधबार बिहानै कम्तीमा पनि ११ जना तालिबान आतङ्ककारी मारिएका छन् भने अरु करिब १२ जना घाइते भएका गजनी प्रान्तका प्रान्तीय प्रमुख मोहमद जमान खोस्तीले जानकारी दिनुभएको छ । 

मुकार जिल्लाको अलि खिल क्षेत्रमा गस्तीमा रहेका सुरक्षा अधिकारीहरुलाई एक बसमा आएका तालिबान लडाकू समूहले गरेको आक्रमणपछि दुई समूहबीच झडप भएको बताइएको छ । 

झडपको क्रममा ११ जना आतङ्ककारी मारिएका र अरु घाइते भएका अफगान गृह प्रशासनले पनि एक विज्ञिप्तमार्फत जानकारी दिएको छ । 

अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरबाट नेटो सेनाले अफगानिस्तान छोडेका छन् । तर यहाँ शान्तिको स्थापना हुन भने सकेको छैन । 

उता अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान सेनाले गत शुक्रबार पनि हवाई आक्रमणमा परी २२ जना तालिवान लडाकूको मृत्यु भएको प्रान्तीय प्रहरी प्रमुखले बताएका थिए । 

केही दिनयता अफगानिस्तानमा हिंसा बढेको छ । तालिबानहरुले आत्मघाती हमला गरी हिंसाका घटनामा वृद्धि गराएका छन् भने सेनाले पनि कारबाही जारी नै राखेको छ । 

तालिबान लडाकूले मङ्गलबार साँझपख अफगान सुरक्षा जाँच केन्द्रलाई लक्षितगरी आक्रमण सुरु गरेपछि अफगान राष्ट्रिय सेनाको हवाई फोर्सले विद्रोहीविरुद्ध कारबाही शुरु गरेको थियो । 

गत महिनामात्र काबुलमा भएको आक्रमणमा परी नौ जना पत्रकार मारिएका थिए । उक्त घटनाको विश्वव्यपी रुपमा निन्दा गरिएको थियो । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो