१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौन सम्पर्क गर्नु पूर्व भुलेर पनि नगर्नुस यी ९ गल्ति !

११ जेष्ठ २०७५, शुक्रबार ०८:५८

एजेन्सी- यौन एउटा आधारभूत कुरा हो । तपाइँ जतिबेला प्रेमि प्रमिका वा पति पत्निसँग ओच्छ्यानमा हुनुहुन्छ त्यतिबेला केही कुरामा ध्यान दिनु पर्ने हुन्छ ।

ओच्छ्यानमा सहवासको तयारी गर्दै गर्दा कतिपय ब्यवहारलाई पार्टनरलाई मुड अफ गरिदिने वा सहवासको चाहाना हराउने समेत हुन्छ । यहाँ त्यस्तै कुराको चर्चा गरिएको छ जुन् सहवासको समयमा भुलेर पनि गर्नु हुँदैन ।

१. चुम्बन नगर्ने:- सहवासको समयमा चुम्बनको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । सहवासको समयमा पार्टनरलाई चुम्नु अपरिहार्य नै हो । तर कतिपय जोडीमा एक अर्कालाई चुम्बन गर्न ध्यान नदिने समस्या हुन्छ । यसले पार्टनरलाई सहवासप्रति चाहाना नै हराएर जाने समस्या हुन्छ । चुम्बनले सामिप्यता बढाउँछ ।

२. हतारिने:-कतिपय ब्यक्ति पार्टनर तयार नहुँदै झम्टिने प्रवृत्तिका हुन्छन् । सहवासको समयमा दुवै जाना तयार हुनु एकदम अनिवार्य हुन्छ । तयार नभै सहवासका लागि हतारिँदा यस्ले आनन्द दिनुको साटो घृणा पैदा गर्ने खतरा हुन्छ । पार्टनरलाई तयार गरेपछि मात्र सहवास गर्नुस् ।

३. यौनाङ्गमा मात्र ध्यान:- खासगरी पुरुषहरु महिलाका यौनाङ्गमा मात्र ध्यान दिन्छन् । खासमा कुनै पनि महिलाले सहवासको समयमा आफ्नो शरीरका हरेक अंगमा पुरुषले माया गरोस् भन्ने चाहन्छे । जस्तै घुँडा, नाडी, पछाडीको भाग वा पेट समेत चलाइदिँदा स्त्रीहरु उत्तेजित हुन्छन् ।

४. माथि चढ्ने:- अधिकाँश जोडीहरु परंपरागतरुपमा मात्र यौन संसर्ग गर्छन् । जसमा पुरुष माथि र महिला तल हुने आसन हुन्छ । तर यो आसनमा महिलालाई धेरै भार पर्छ जसले गर्दा उनीहरुलाई यौन आनन्दभन्दा आफूमाथि भार परेको पीडा बढी महसुस हुन्छ । परंपरागत भन्दा अन्य आसन यौनका लागि प्रभावकारी हुन सक्छन् र आनन्ददायी पनि ।

५. शीघ्र पतन र दीर्घ पतन:- खासगरी पुरुषमा शीघ्र पतन र र दीर्घ पतनको समस्या हुन्छ । कतिपय पुरुष संसर्ग शुरु हुन नपाउँदै स्खलन हुने र कतिपय पुरुष पार्टनर थाकिसक्दा पनि स्खलित नहुने समस्याबाट ग्रसित हुन्छन् । स्खलनको उपयुक्त समय पुरुषहरुको गतिविधीमा भर पर्ने हुँदा पार्टनरको चाहनालाई हेरेर मात्र यसो निर्धारण गर्नु पर्छ ।

६. स्खलनको पूर्व जानकारी नदिने:- कतिपय अवस्थामा जोडीहरु आफू स्खलित भैसकेको कुरा एक अर्कालाई भन्दैनन् र सेक्सको आनन्द लिनबाट चुक्छन् । प्राकृतिक संसर्ग वा मुख मैथुन स्खलित हुनु अघि पार्टनरलाई पूर्व जानकारी दिनु पर्छ ।

७.अश्लिलता:- यौन संसर्गको समयमा अश्लिल चलचित्रको जस्तो ब्यवहार देखाउन थालियो भने यसले सम्बन्धमा प्रभाव पार्छ । खासमा पति पत्नि वा प्रेमी प्रेमिकाबीचको यौन सम्बन्ध अश्लिल चलचित्र जस्तो होइन भन्ने मनन गर्नु जरुरी हुन्छ ।

८. चुप चाप रहने:- यौन संसर्गको समयमा बोल्दै नबोल्ने र खाली यौनिक क्रियाकलापमा ध्यन दिने बानी पनि होइन । यौन सम्बन्ध भैरहँदा एक अर्कासँग कुरा गर्नु झनै महत्वपूर्ण छ । यौनको आनन्दको विषयमा भाषामै ब्यक्त गर्दा माया बढ्छ ।

९. मेसिन जस्तो:-संसर्गको समयमा कहिल्यै पनि मेसिन जस्तो ब्यवहार देखाउनु हुँदैन । केवल यौन संर्गकाका शारीरिक पाटोलाई मात्र ध्यान दिँदा सम्बन्धमा समस्या आउँछ र आगामी यौन सम्बन्धहरु कठिन हुँदै जान्छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल