२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा

११ जेष्ठ २०७५, शुक्रबार ११:५१

जेठ ११, काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा भएको छ । यहि यही जेठ १२ र १३ गते काठमाडौंको भृकुटिमण्डपमा सम्पन्न हुन गइरहेको संघको चौथो महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको संघले जनाएको छ ।


जानकारी दिन बिहिबार आयोजीत पत्रकार सम्मेलनमा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष नवराज घोरासैनीले नेपाली गीत संगीतभित्र देखिएका सम्पूर्ण समस्यालाई समाधान गर्नको लागि आफूहरु लागि परेको जनाए ।  त्यस्तै संस्थाका प्रथम उपाध्यक्ष राजेन्द्र कुमार कार्कीले कलाकारहरु राष्ट्रका गहना नभई राज्यको महत्वपूर्ण अगं भएको जिकिर गरेका छन् ।

जेठ १२ गतेको उद्घाटनलाई विषेश रुपमा सम्पन्न गर्ने र १३ गते बालाजुको बालाजु ब्याङक्वीटमा नेतृत्व चयन गरिने बताइएको छ । कार्यक्रममा संस्थाका उप–महासचिव अमृत खाँतिले चौथो महाधिवेशनमा देशभरिबाट करिब ७ सय प्रतिनिधिको उपस्थिति रहने जानकारी दिए । पत्रकार सम्मेलनमा संस्थाका वरिष्ठ उपाध्यक्ष नमराज ढुङ्गाना, उपाध्यक्ष प्रकाश कटुवाल, उपाध्यक्ष उमा श्रेष्ठ, महासचिव श्यामसुन्दर धिताल, सचिव गोविन्द दुलाल, कोषाध्यक्ष रमेश दुलाल ‘कागे’, मोडलहरु रिना थापा, एलिना रायमाझी लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य