पढ्न करिब 3 मिनेट लाग्छ

जेठ १२, काठमाडौं | बर्डफ्लुको संक्रमण काठमाडौंमा पनि देखिएको छ । काठमाण्डौको तारकेश्वर नगरपालिकामा बर्ड फ्लू फेला परेको हो ।

स्वास्थ्य सेवा विभाग अन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको पुष्टि गरेका छन् ।

सानो खोरमा पालिएका कुखुरा र हाँसमा बर्डफ्लु फेला परेको पुष्टि भएपछि त्यस क्षेत्रमा सतर्कता अपनाईएको छ । शुक्रबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा खटाएको थियो ।

महाशाखाका अनुसार तारकेश्वरका हिरा तामाङले पालेको हाँसमा बर्डफ्लु भेटिएको हो । तामाङले पालेको हाँस र कुखुरा नष्ट गरिएको छ । नष्ट गरेबापत हाँसपालक किसानलाई ७५ प्रतिशत क्षतिपूपर्ति दिने निर्णय भएको छ ।

तस्विर : अरुणकुमार गिरी

मानिसलाई लाग्ने बर्ड फ्लू कस्तो हुन्छ ?

यो एक प्रकारको भाईरस हो | जो पंक्षीहरुमा फैलन्छ । H5N1 एक खतरनाक रोगको भाईरस हो । यो प्रकारको भाइरस पंक्षीको साथै मानिसको लागि निकै घातक हुन्छ । किनकी पंक्षीको सम्पर्कमा मानिस निकै नजिक हुन्छ । यो भाइरस यति घातक हुन्छ कि जो यसको सम्पर्कमा आउँछ उसको मृत्यु हुन्छ । संक्रमित पंक्षीको दिशाबाट यो रोग हावा वा पानीको माध्यम हुँदै स्वासप्रस्वास सम्ममा फैलन्छ र मानिसमा सर्छ तर रोगको संक्रमणमा परेका पंक्षीलाई मासुको रुपमा खाँदा पनि संक्रमण हुन्छ । संक्रमित कुखुराको मासु वा अन्य संक्रमित पंक्षीको मासु वा अंडाको सेवन गर्नाले यो रोग मानिससम्म फैलन्छ ।

बर्ड फ्लूको संक्रमण पंक्षीदेखि पंक्षीसम्म मात्र नभई मानिसबाट मानिसमा पनि सर्छ ।

बर्ड फ्लूको लक्षण

बर्ड फ्लूको लक्षण मानिसमा फरक फरक प्रकारको हुन्छ जब यसको शुरुआत हुन्छ, तब यो एक साधारण फ्लू जस्तै हुन्छ । यो एक प्रकारको श्वास रोग हो जो बिस्तारै-बिस्तारै निकै घातक सिद्द हुन्छ । यसको अलवा खोकी, रुघा, घाटीमा समस्या, मांसपेशी दुख्ने, निमोनिया आदि बर्ड फ्लूको लक्षण हो । यो भाईरसको असर मानसिक र पाचनतन्त्रमा पर्छ ।

कसरी बच्ने ?

यदी तपाइँलाई बर्ड फ्लू जस्तो घातक रोगको सामना गर्न चाहनुहन्न भने वा तपाइँ यस प्रकारको रोगबाट टाढा हुन चाहनुहुन्छ भने निम्न कुरा ध्यान दिनुस:

१. आफुलाई स्वच्छ र सफा बनाई राख्नुहोस् । यसको लागि आफ्नो हात तातो पानीले धुनुस, र रुघा/खोकी लागेका व्यक्तिसँगको सम्पर्कमा सजगता अपनाउनुस् । जो मानिस पंक्षीहरुसँग धेरै सम्पर्कमा रहन्छन त्यस्ता व्यक्तिले यस बिषयलाई बिशेष ध्यान दिनुपर्छ ।

२. मासु सेवन कम गर्नुस । खानै परेपनि राम्ररी पकाएर खानुस् । मासु काटेपछि तातो पानीले हात धोएर मात्र खानेकुराहरु सेवन गर्नुस् ।

३. संक्रमण सुरु भएको स्थानमा बस्नेहरुले माक्सको प्रयोग गर्नुस् ।

४. बर्ड फ्लू संक्रमणको हालसम्म कुनै प्रकारको भ्याक्सिन छैन । सावधानीनै यसको मुख्य उपाय हो ।