पढ्न करिब 1 मिनेट लाग्छ

जेठ १३, काठमाडौँ | ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले प्रयोग गरिरहेको हतियार फेला परेको छैन ।

गृह मन्त्रालयका सहसचिव ईश्वराज पोडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले उनले प्रयो गरेका तीन वटा पेस्तोल खोजिरहेको छ ।

उनले दुईजना व्यक्तिसँग किनेको हितयार फेला परेको छैन । हामीले खोजी गरिरहेका छौँ, समिति स्रोतले भन्यो, हिरासतमै भएका मानिससँग छ भन्ने सुचना आएकाले अनुसन्धान गरिरहेका छौँ ।

स्रोतका अनुसार गत बर्षदेखि नै उनले हितयार बोक्दै आएका थिए । – आजको नागरिक दैनिकमा यो खबर छ ।