८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गरीव नेपालबाट सम्बृद्ध नेपाल बनाउछौ भनेका हौँ: प्रम ओली

१३ जेष्ठ २०७५, आईतवार ०८:४७

जेठ १३ काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमलाई लिएर मन दुखाउनुपर्ने कारण केहि नभएको बताएका छन् । 

संघीय संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका सवालको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कतिपयले नीति तथा कार्यक्रम महत्वाकांक्षी भनिए  पनि त्यो आफूलाई स्वीकार्य भएको बताए । 

प्रधानमन्त्री ओलीले भने:-‘नेपाल र नेपाली जनतालाई सम्बृद्ध बनाउने उदेश्यले सरकारले नीति तथा कार्यक्रम ल्याएको हो । कुनै नेपालीले आधारभूत आवस्यकता पुरा भएन भन्न नपरोस्, भुगोल भाषा र आस्थाका हिसाबले पछि परे भन्ने अवस्था नहोस्, न्याय समानताबाट बन्चित हुनुनपरोस्, अधिकार प्रयोग गर्न पाइनँ भन्ने अवस्था नहोस् भन्ने उद्देश्यले नीति तथा कार्यक्रम ल्याइएको हो’।

देश र जनताका निम्ती सुरक्षा, सम्मान, विकास र यसबाट जनतामा सम्बृद्धि र सुख प्राप्त गर्न राजनीतिक क्षेत्रमा लोकतान्त्रिक प्रणाली अपनाउदै सरकार अघि बढेको प्रधानमन्त्रीले बताए । 

‘नयाँ उद्योग खोल्ने, व्यापार खोल्ने नीति सुशासन बिना अघि जान सकिँदैन । त्यसका लागि भ्रष्टचार नियन्त्रणबारे कार्यक्रममा प्रष्ट भनिएको छ । विकासको पुर्वाधारका रुपमा आवश्यक बाटो निर्माण गरिन्छ, यो बास्तविकता र यर्थाथ हो ।’ ओलीले भने |

उनले भने:- नेपाल अहिले तेस्रो विश्वमा छ । तेस्रोबाट पहिलो विश्वमा पुर्‍याउछु भन्न पाइदैन । के नेपाल पहिलो विश्वमा पुग्नै नसक्ने गरि अभिशप्त हो ? कति वर्ष लाग्छ, थाल्नु त पर्‍यो नि ।’

नीति तथा कार्यक्रममाथि आम रुपमा सबैको सहमति देखिएको भन्दै प्रतिपक्षको धर्म निर्वाह गर्ने बाहेक कसैले आलोचना नगरेको पनि उनले बताए ।

ओलीले नेपाललाई सम्बृद्ध र विकसित बनाउँने कुरा गर्दा हावादारी भनेर उडाउने प्रवृतिप्रति दुःख व्यक्त गरे । उनले गरीव नेपालबाट सम्बृद्ध नेपाल बनाउने,दुःखी नेपालीलाई सुखी बनाउने कुरा गर्दा आरोप खेप्नुपरेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड