२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गरीव नेपालबाट सम्बृद्ध नेपाल बनाउछौ भनेका हौँ: प्रम ओली

२०७५, १३ जेष्ठ आईतवार ०८:४७

जेठ १३ काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमलाई लिएर मन दुखाउनुपर्ने कारण केहि नभएको बताएका छन् । 

संघीय संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका सवालको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कतिपयले नीति तथा कार्यक्रम महत्वाकांक्षी भनिए  पनि त्यो आफूलाई स्वीकार्य भएको बताए । 

प्रधानमन्त्री ओलीले भने:-‘नेपाल र नेपाली जनतालाई सम्बृद्ध बनाउने उदेश्यले सरकारले नीति तथा कार्यक्रम ल्याएको हो । कुनै नेपालीले आधारभूत आवस्यकता पुरा भएन भन्न नपरोस्, भुगोल भाषा र आस्थाका हिसाबले पछि परे भन्ने अवस्था नहोस्, न्याय समानताबाट बन्चित हुनुनपरोस्, अधिकार प्रयोग गर्न पाइनँ भन्ने अवस्था नहोस् भन्ने उद्देश्यले नीति तथा कार्यक्रम ल्याइएको हो’।

देश र जनताका निम्ती सुरक्षा, सम्मान, विकास र यसबाट जनतामा सम्बृद्धि र सुख प्राप्त गर्न राजनीतिक क्षेत्रमा लोकतान्त्रिक प्रणाली अपनाउदै सरकार अघि बढेको प्रधानमन्त्रीले बताए । 

‘नयाँ उद्योग खोल्ने, व्यापार खोल्ने नीति सुशासन बिना अघि जान सकिँदैन । त्यसका लागि भ्रष्टचार नियन्त्रणबारे कार्यक्रममा प्रष्ट भनिएको छ । विकासको पुर्वाधारका रुपमा आवश्यक बाटो निर्माण गरिन्छ, यो बास्तविकता र यर्थाथ हो ।’ ओलीले भने |

उनले भने:- नेपाल अहिले तेस्रो विश्वमा छ । तेस्रोबाट पहिलो विश्वमा पुर्‍याउछु भन्न पाइदैन । के नेपाल पहिलो विश्वमा पुग्नै नसक्ने गरि अभिशप्त हो ? कति वर्ष लाग्छ, थाल्नु त पर्‍यो नि ।’

नीति तथा कार्यक्रममाथि आम रुपमा सबैको सहमति देखिएको भन्दै प्रतिपक्षको धर्म निर्वाह गर्ने बाहेक कसैले आलोचना नगरेको पनि उनले बताए ।

ओलीले नेपाललाई सम्बृद्ध र विकसित बनाउँने कुरा गर्दा हावादारी भनेर उडाउने प्रवृतिप्रति दुःख व्यक्त गरे । उनले गरीव नेपालबाट सम्बृद्ध नेपाल बनाउने,दुःखी नेपालीलाई सुखी बनाउने कुरा गर्दा आरोप खेप्नुपरेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा