2026-06-26 04:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएल २०१८ को उपाधि चेन्नई सुपर किंग्सलाई, ८ विकेटले हैदरावाद पराजित

जेठ १३, मुम्बई | आईपीएल सिजन ११ क्रिकेटको उपाधी चेन्नई सुपर किंग्सले हात पारेको छ । आइतबार सम्पन्न फाइनल खेलमा चेन्नईले हैदरावादलाई ८ विकेटले पराजित गरेको हो ।


खेलमा टस हारेर व्याटिङ्गको निम्तो पाएको हैदरावादले १७८ रन बनाएर १७९ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्यलाई चेन्नईले १८.३ ओभरको खेलमा पुरा गर्दै चेन्नईले १८१ रन बनाएर पुरा गर्यो । जतिबेला चेन्नईले २ विकेट मात्र गुमाएको थियो | खेलमा ओपनर सेन वाट्सनले सतक जोडेर नटआउट एक्लैले ११७ रङ जोडिदिए । वाट्सनले ५७ बलमा ११ चौका र ८ छक्का प्रहार गरे । खेलमा चेन्नईलाई जिताउने क्रममा ओपनर फाफ डुप्लेसीसले ११ बलमा १० रङ बनाएर आउट भए भने सुरेश रैनाले २४ बलमा ३२ रङ बनाएर आउट भए । त्यसपछि आएका अम्बाती रायडुले नट आउट १९ बलमा १७ रङ जोडे ।


यसअघि मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । हैदरावादका लागि कप्तान केन विलम्सनले ४७ रन बनाएका थिए । उनले ३६ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै युसुफ पठानले नटआउट ४५ रन जोडे । २५ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरेका थिए । 


त्यस्तै हैदरावादका लागि ब्याट्सम्यान शिखर धवलेन २ चौका र १ छक्कासहित २६, शकिब अल हसनले २ चौका, १ छक्कासहित २३ र कार्लोस ब्राथवेटले ३ छक्कासहित २१ रन बनाएका थिए । यसरी हैदरावादले आफ्नो खातामा १७८ रन बनाएर ६ विकेट गुमाई चेन्नईलाई बिजयी १७९ रनको लक्ष्य दिएको थियो |

बलिङतर्फ चेन्नई सुपरकिंग्सका कर्ण शर्मा, रवीन्द्र जडेजा, डायन ब्राभो, लुंगी निग्दी र शार्दुल ठाकुरले समान १–१ विकेट लिएका थिए । 

उपाधि जितेसंगै चेन्नईले भारतीय २० करोड प्राइस पाएको छ  भने हैदरावादले १२ करोड प्राप्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित