२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL क्रिकेट जितेर चेन्नईले पायो ३२ करोड, सर्वाधिक उत्कृष्ट को-को बने ? (२००८-२०१८सम्म)

२०७५, १३ जेष्ठ आईतवार १८:५९

जेठ १४, काठमाडौँ | अन्तत: चेन्नई सुपर किंग्स तिम्ले ७ बर्ष पछि फेरी आईपीएलको च्याम्पियन ट्रफी हात पारेको छ | आईपीएलको ११ औं सिजनको फाइनल खेलमा चेन्नईले हैदरावादलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो | 

दुई बर्ष निलम्बन भएपछि खेलमा फर्किएको चेन्नईले एकपटक फेरी आइपीएल उपाधि जीतेर आफ्नो स्थानलाई उचाईमा पुर्याएको हो | चेन्नईले यस अघि २०१० र २०११ मा उपाधि जितेको थियो | यस उपाधि संगै आइपीएलमा चेन्नईले मुम्बईकै बराबरी उपाधि जितेको छ, मुम्बईले यस अघि तीन उपाधि जितेको छ |


आईपीएलको सिजन ११ मा उपाधि जितेको चेन्नईले अहिलेसम्मकै सर्वाधिक राशिको पुरष्कार पनि पाएको छ | उसले यो पटक भारतीय २० करोड अर्थात नेपाली ३२ करोड प्राप्त गरेको छ | यस्तै फाइनल हारेको हैदरावाले भारतीय १२.५ करोड प्राप्त गरेको छ | यसको अलावा खेलाडीहरुले उत्कृष्ट खेल खेलेर अलग-अलग किसिमको प्राइज पनि प्राप्त गरेका छन् |

प्राइज मनी कसलाई कति ? 

१. च्याम्पियन – चेन्नई सुपर किंग्सले पायो भारतीय २० करोडको चेक | 

२. रनर्स-अप सनराइजर्स हैदराबादले पायो भारतीय १२.५ करोडको चेक | 

३. अरेन्ज क्याप (सर्वाधिक रन) विजेता – केन विलिएमसन्  भारतीय १० लाखको चेक |

४. पर्पल क्याप (सर्वाधिक विकेट) विजेता एन्ड्रोय टाय – भारतीय १० लाखको चेक |

IPL 2018 का टप-५ मा परेका ब्याट्सम्यानहरु को-को ? 

१. केन विलियमसन (हैदराबाद): १७ म्याचमा ७३५ रन, ८४ बेस्ट, ५२.५० एभरेज (अरेन्ज क्याप)

२. ऋषभ पन्त (दिल्ली): १४ म्याच, ६८४ रन, १२८* बेस्ट, ५२.६१ एभरेज

३. लोकेश राहुल (पन्जाब) : १४ म्याच, ६५९ रन, ९५* बेस्ट, ५४.९१ एभरेज

४. अम्बति रायडू (चेन्नई) : १६ म्याच, ६०३ रन, १००* बेस्ट, ४३.०७ एभरेज

५. शेन वाटसन (चेन्नई) : १५ म्याच, ५५५ रन, ११७* बेस्ट, ३९.६४ एभरेज

2018 का टप-५ मा परेका बलरहरु को-को ? 

१. एन्ड्रयू टाय (पन्जाब) १४ म्याच २४ विकेट (पर्पल क्याप)

२. रशिद खान (हैदराबाद) १७ म्याच २१ विकेट

३. सिद्धार्थ कौल (हैदराबाद) १७ म्याच २१ विकेट

४. उमेश यादव (ब्यांग्लोर) १४ म्याच २० विकेट

५. हार्दिक पाण्डे (मुम्बई) १३ म्याच १८ विकेट

2008 देखि 2018 सम्म IPL कसले जित्यो उपाधी ? 

2008 : राजस्थान रोयल्स (चेन्नईलाई ३ विकेटले हराएको)

2009 : डेक्कन चार्जर्स (ब्यांग्लोरलाई ६ रनले हराएको)

2010 : चेन्नई सुपर किंग्स (मुंबईलाई २२ रनले हराएको)

2011 : चेन्नई सुपर किंग्स (ब्यांग्लोरलाई ५८ रनले हराएको)

2012 : कोलकाता नाइट राइडर्स (चेन्नईलाई ५ विकेटले हराएको)

2013 : मुंबई इंडियंस (चेन्नईलाई २३ रनले हराएको)

2014 : कोलकाता नाइट राइडर्स (पन्जाबलाई ३ विकेटले हराएको)

2015 : मुंबई इंडियंस (चेन्नईलाई ४१ रनले हराएको)

2016 : सनराइजर्स हैदराबाद (ब्यांग्लोरलाई ८ रनले हराएको)

2017 : मुंबई इंडियन्स (राइजिंग पुणे सुपरजायन्टलाई १ रनले हराएको)

2018 : चेन्नई सुपर किंग्स (सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको)

आईपीएलमा अरेन्ज क्याप पाउनेहरुको लिस्टमा को-को ? 

2008 : शन मार्श (किंग्स इलेवन पंजाब) ११ म्याचमा ६१६ रन

2009 : म्याथ्यू हेडन (चेन्नई सुपर किंग्स) १२ म्याचमा ५७२ रन

2010 : सचिन तेन्दुलकर (मुंबई इंडियंस) १५ म्याचमा ६१८ रन

2011 : क्रिस गेल (रोयल च्यालेंजर्स ब्यांग्लोर) १२ म्याचमा ६०८ रन

2012 : क्रिस गेल (रोयल च्यालेन्जर्स ब्यांग्लोर) १५ म्याचमा ७३३ रन

2013 : माइक हसी (चेन्नई सुपर किंग्स) १६ म्याचमा ७३३ रन

2014 : रोबिन उथप्पा (कोलकाता नाइट राइडर्स) १६ म्याचमा ६६० रन

2015 : डेविड वार्नर (सनराइजर्स हैदराबाद) १४ म्याचमा ५६२ रन

2016 : विराट कोहली (रोयल च्यालेन्जर्स ब्यांग्लोर) १६ म्याचमा ९७३ रन

2017 : डेविड वार्नर (सनराइजर्स हैदराबाद) १४ म्याचमा ६४१ रन

2018 : केन विलियमसन (सनराइजर्स हैदराबाद) १७ म्याच ७३५ रन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ