३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गणतन्त्रमा समृद्धिको अपेक्षा

१५ जेष्ठ २०७५, मंगलवार ०२:०९

जेठ १५, बागलुङ | मुलुकमा गणतन्त्र आएको एक दशक नाघेको छ । गणतन्त्रप्रति नागरिकका अपेक्षा यद्यपि पूरा हुन बाँकी छन् । नयाँ संविधान जारी हुनु, संघीय राज्य व्यवस्था बन्नु तथा तीनै तहको निर्वाचन हुनु गणतन्त्रमा भएका सुखद् घटना हुन् । ठूलो संघर्ष र बलिदानको जगमा प्राप्त गणतन्त्र संस्थागत हुने बाटामा छ । 

नागरिक समाज बागलुङका संयोजक काजी गाउँले श्रेष्ठ सामान्य नेपालीले गणतन्त्रको अनुभूति गर्न नपाएको बताउनुहुन्छ । “न्यूनतम भए पनि जनमुखी कार्यक्रम ल्याउनुपर्छ,”, उहाँले भन्नुभयो, “नागरिकलाई गणतन्त्र आएको महसुस गराउनुपर्छ ।” उहाँले उच्च पद, ओहोदा र वर्गका मानिसलाई मात्र गणतन्त्र फलदायी भएको टिप्पणी गर्नुभयो । नागरिकको जीवन व्यवहारमा गणतन्त्र लागू हुन बाँकी नै रहेको उहाँको भनाइ छ । 

ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती आशामुखी हुनुहुन्छ । “गणतन्त्रकै कारण आज हामी यो ठाउँ र भूमिकामा छौँ”, उहाँले भन्नुभयो, “गाउँमै बसेर सरकार चलाएका छौँ ।” उहाँ जनताले लडेर ल्याएको गणतन्त्र अहिले फक्रने क्रममा रहेको बताउनुहुन्छ । “बजेट, योजना बनाउनेदेखि ऐन, कानून बनाउनेसम्म सबै काम स्थानीय तहमै हुन्छन्”, उहाँले भन्नुभयो, “गणतन्त्रको यो भन्दा सुन्दर अभ्यास अरु के हुन सक्छ ?” स्रोत, साधन, जनशक्ति अभाव जस्ता कारणले कार्यक्षमता कम भए पनि नागरिकको सेवामा दृढ भएर लाग्ने उहाँको भनाइ छ । 

नेपाली काँग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापाले गणतन्त्रमा नागरिक खुशी र सुखी हुनुपर्ने बताउनुभयो । “हामीले गणतन्त्र ल्याएको मुलुकको विकास होस्, सबैले न्याय पाऊन्, समृद्धि आओस् भनेर हो”,उहाँले भन्नुभयो, “दलहरु सधैँ नागरिकको अभिभावक भएर काम गर्नुपर्छ ।” परिवर्तनको अनुभूति दिलाउने गरी सरकारले गर्ने काममा काँग्रेसले सँधै सहयोगीको भूमिका खेल्ने उहाँको भनाइ छ । 

प्रदेशसभा सदस्य एवं नेकपा बागलुङका नेता चन्द्रबहादुर बुढाले गणतन्त्रलाई नागरिकको बीचमा स्थापित गर्नुपर्ने बताउनुभयो । “राज्यका तीनै तहमा स्थिर सरकार छ, अहिले काम गर्ने धेरै अवसर छ”, उहाँले भन्नुभयो, “हाम्रा नीति, कार्यक्रम, कार्यशैली सबैमा गणतन्त्रको अनुभूति झल्कनुपर्छ ।” उहाँले संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लानुपर्ने बताउनुभयो । 

गणतन्त्रात्मक राज्यका मूलभूत मान्यताहरुलाई आत्मसात् नगरी नागरिकको जीवनमा परिवर्तन ल्याउन नसकिने उहाँको बुझाइ छ । संविधानबाट संविधान बन्नु, संघीयता कार्यान्वयन हुनु र तीनै तहको निर्वाचनले गणतन्त्र संस्थागत भएको राजनीनिक नेतृत्वको दाबी छ । 

गणतन्त्र प्राप्तिकै संघर्षमा पति गुमाउनुभएकी दिलमाया रोका पनि न्यायपूर्ण, समुन्नत र समृद्ध समाज निर्माणमा जोड दिनुहुन्छ । गणतन्त्र स्थापनामा शहीद र तिनका परिवारको विशिष्ट योगदानलाई राज्यले बिसर्न नहुने उहाँको भनाइ छ । “देश बदल्ने संकल्प लिएर हामी संघर्षमा होमियौँ, प्रियजन गुमायौं”–उहाँले भन्नुभयो, “बलिदानबाट आएको गणतन्त्रलाई लक्ष्यमा पु¥याउनुपर्छ ।” 

समृद्धिको लक्ष्य हासिल गर्न राष्ट्रिय पूँजीको निर्माण, स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन र ठूला विकास आयोजना सञ्चालनमा जोड दिइनुपर्छ । स्वाधीन अर्थतन्त्र, रोजगारी सिर्जना र नागरिकका आधारभूत आवश्यकता परिपूर्ति हुन सके परिवर्तनको अनुभूति नागरिकले गर्न सक्नेछन् । कठोर संघर्षको बलबाट निरकुंश राजतन्त्रलाई हटाएर प्राप्त गरेको गणतन्त्रको सुदृढ र संस्थागत विकासमा सबैको योगदानको जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन