४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शैक्षिक प्रमाणपत्र धितोमा राखि ५ प्रतिशत ब्याजमा ७ लाखसम्म ऋण पाइने

१५ जेष्ठ २०७५, मंगलवार ११:०२

मनोज पराजुली,जेठ १५ काठमाडौँ । सरकारले काम र रोजगारीलाई प्राथमिकता दिँदै आगामी बजेटमा रोजगार सिर्जनाका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड बिनियोजन गरेको छ।अर्थमन्त्री युवराज खतिवडाले समृद्ध नेपाल सुखी नेपाली नारा पूरा गर्नकालागि नयाँ बजेट लक्षित भएको बताउँदै रोजगारी सिर्जनाकालागि प्रदेशको सहयोगमा रोजगारी सूचना केन्द्र स्थापना गर्ने बताएका छन् ।

सरकारले ल्याएको बजेटमा रोजगारीका लागि छोटा समयको तालिम दिने तथा अवसरहरुको सिर्जना गर्ने समेत उल्लेख छ। सरकारले आगामी आर्थिक वर्षदेखि  शैक्षिक प्रमाणपत्र धितोमा राखि ५ प्रतिशत ब्याजमा ७ लाखसम्म  ऋण दिने बजेटमा उल्लेख गरेको छ। 

साथै सरकारले बैदेशिक रोजगारीको लागि सातै प्रदेशबाट श्रम स्वीकृति प्रदान गर्ने जनाएको छ ।  श्रम गन्तव्य मुलुकसंग श्रम सम्झौता प्राथमिकतामा राख्दै सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था गर्ने सरकारले लक्ष्य राखेको छ।  सरकारले हरेक प्रदेशमा रोजगारीका सूचनाहरु आदान प्रदान गर्नको लागि एक रोजगार सूचना केन्द्रको व्यवस्था गर्ने  बजेटमा उल्लेख गरेको छ  रोजगारीका क्षेत्रका हाल भएका बिभिन्न कोषहरुलाई एकीकृत गरिने सरकारले लक्ष लिएको छ । बैदेशिक रोजगारीबाट फर्किएकाहरुको लागि १० लाख रुपैयाँसम्म  ऋण उपलब्ध गरिने भएको  । साथै उधमीहरुलाई लक्षित गरि च्यालेन्ज फन्डको व्यवस्था गर्ने समेत उल्लेख छ ।

श्रम क्षेत्रको विवाद समाधानका लागि अर्धन्यायिक निकाय गठन गर्ने उल्लेख छ र  बजेटले समान कामका लागि समान ज्याला लागू गरिने उल्लेख गरेको छ । सरकारले रोजगारी प्रत्याभूति विधेयक ल्याउने उद्घोष गरेको छ । रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा जान नदिन प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्ने बजेटमा उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस 

साझा सबाल मिडियाले विदेशमा कामका लागि जाने कामदारलाई लक्षित गरी बैदेशिक रोजगार एप सार्वजनिक गरेको हो । वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहनुभएका लाखौँ नेपाली, म्यानपावर व्यवसायी तथा वैदेशिक रोजगारीको क्षेत्रमा चासो राख्ने व्यक्तिलाई लक्षित गरेर एप सार्वजनिक गरिएको छ । बैदेशिक रोजगार एप मार्फत  रोजगारीका लागि डिमाण्ड  छान्न, डिमाण्ड अनुरुप मोबाइलबाटै आवेदन दिन, म्यानपावरबारे विस्तृत जान्न र सम्पूर्ण सूचना  जानकारी लिन सकिनेछ त्यसका लागि तपाइले गुगल प्ले स्टोरमा गएर बैदेशिक रोजगार सर्च गरि डाउनलोड गर्न सक्नुहुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता