२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गीतकार कालीप्रसादलाई सम्मान गरिने

१६ जेष्ठ २०७५, बुधबार ०६:५९

जेठ १६, काठमाडौं । बिगतका बर्षमा जस्तै गीतकार संघ नेपालले स्रष्टा सर्जकको उत्साह क्रियाशिलता र सम्मानको लागि ‘राष्ट्रिय स्रष्टा सम्मान’ को कार्यक्रम आयोजना गर्ने भएको छ ।

यस बर्ष छैटौँ ‘राष्ट्रिय स्रष्टा सम्मान’, ‘बर्ष गीत पुरस्कार’, ‘बर्ष गीत पुस्तक पुरस्कार’, र ‘डायस्पोरा गीतकार सम्मान’ कार्यक्रम आयोजना गरिने संस्थाले एक कार्यक्रमका बिच जानकारी गराएको छ ।


यसबर्ष संघले अमर भावना गीतकार ‘राष्ट्रिय स्रष्टा सम्मान २०७४’ अन्तर्गत बरिष्ठ गीतकार श्री कालीप्रसाद रिजाललाई नगद १ लाख १ रुपैंया सहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गर्ने निर्णय गरिएको गीतकार संघ नेपालका अध्यक्ष चूडामणि देवकोटाले जानकारी दिए । उनका अनुसार संस्थामा आबद्ध सदस्यहस्ले वि.सं. २०७४ मा सार्वजनिक गरेका र संस्थामा विधिवत दर्ता हुन आएका गीतहरु मध्येबाट छनौट समितिको सिफारिसमा बर्ष गीत प्रायोजनका लागि हाललाई उत्कृष्ट १० गीतहरु प्नि छनौट गरिएको छ ।  छानीएका उत्कृष्ट १० गीतहरु मध्येबाट विशेषज्ञ समितिले चयन गर्ने एक सर्वोत्कृष्ट गीतलाई छैठौँ स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नै घोषणा गरी रु ५१ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने बताइयो ।


यस्तै छनौट समितिको सिफारिसमा विदेशमा बसी नेपाली गीत लेखनमा सक्रिय रहदै आएका गीतकारहरु मध्येबाट अमेरिका बस्ने गीतकार राखी गौचनलाई ‘डायस्पोरा गीतकार सम्मान –२०७४’ बाट रु ११ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने छ । यस्तै बर्ष गीत पुस्तक पुरस्कार प्रयोजनका लागी छनोट समितिले यस वर्ष जानुका राईको ‘आमा २’, पूर्ण बहादुर साउद ‘शिरीष’को ‘गजलको धुन–३’ र सुमन श्रापितको ‘भावनाको खेती’ छनोट गरेको छ । यी मध्ये विज्ञ समितिबाट एक पुस्तकलाई रु ५१ ह्जार नगद राशी सहित प्रमाणपत्र प्रदान गरिनेछ । यसबर्ष करिब सय गीत र ११ पुस्तकहरु प्रतिस्पर्धामा आएको बताइएको छ । सम्मान कार्यक्रम यसै महिनाभित्र आयोजना गरिने तर कुन स्थान र मितिमा हुने भन्ने केहिदिनमा सार्वजनिक गरिने संघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य