2026-09-19 12:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गीतकार कालीप्रसादलाई सम्मान गरिने

जेठ १६, काठमाडौं । बिगतका बर्षमा जस्तै गीतकार संघ नेपालले स्रष्टा सर्जकको उत्साह क्रियाशिलता र सम्मानको लागि ‘राष्ट्रिय स्रष्टा सम्मान’ को कार्यक्रम आयोजना गर्ने भएको छ ।

यस बर्ष छैटौँ ‘राष्ट्रिय स्रष्टा सम्मान’, ‘बर्ष गीत पुरस्कार’, ‘बर्ष गीत पुस्तक पुरस्कार’, र ‘डायस्पोरा गीतकार सम्मान’ कार्यक्रम आयोजना गरिने संस्थाले एक कार्यक्रमका बिच जानकारी गराएको छ ।

यसबर्ष संघले अमर भावना गीतकार ‘राष्ट्रिय स्रष्टा सम्मान २०७४’ अन्तर्गत बरिष्ठ गीतकार श्री कालीप्रसाद रिजाललाई नगद १ लाख १ रुपैंया सहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गर्ने निर्णय गरिएको गीतकार संघ नेपालका अध्यक्ष चूडामणि देवकोटाले जानकारी दिए । उनका अनुसार संस्थामा आबद्ध सदस्यहस्ले वि.सं. २०७४ मा सार्वजनिक गरेका र संस्थामा विधिवत दर्ता हुन आएका गीतहरु मध्येबाट छनौट समितिको सिफारिसमा बर्ष गीत प्रायोजनका लागि हाललाई उत्कृष्ट १० गीतहरु प्नि छनौट गरिएको छ ।  छानीएका उत्कृष्ट १० गीतहरु मध्येबाट विशेषज्ञ समितिले चयन गर्ने एक सर्वोत्कृष्ट गीतलाई छैठौँ स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नै घोषणा गरी रु ५१ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने बताइयो ।

यस्तै छनौट समितिको सिफारिसमा विदेशमा बसी नेपाली गीत लेखनमा सक्रिय रहदै आएका गीतकारहरु मध्येबाट अमेरिका बस्ने गीतकार राखी गौचनलाई ‘डायस्पोरा गीतकार सम्मान –२०७४’ बाट रु ११ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने छ । यस्तै बर्ष गीत पुस्तक पुरस्कार प्रयोजनका लागी छनोट समितिले यस वर्ष जानुका राईको ‘आमा २’, पूर्ण बहादुर साउद ‘शिरीष’को ‘गजलको धुन–३’ र सुमन श्रापितको ‘भावनाको खेती’ छनोट गरेको छ । यी मध्ये विज्ञ समितिबाट एक पुस्तकलाई रु ५१ ह्जार नगद राशी सहित प्रमाणपत्र प्रदान गरिनेछ । यसबर्ष करिब सय गीत र ११ पुस्तकहरु प्रतिस्पर्धामा आएको बताइएको छ । सम्मान कार्यक्रम यसै महिनाभित्र आयोजना गरिने तर कुन स्थान र मितिमा हुने भन्ने केहिदिनमा सार्वजनिक गरिने संघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता