2026-09-18 11:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौन सम्बन्धी अहिलेसम्मकै अनौठा अनि रोचक ६ अध्ययन, जुन यस्ता छन

एजेन्सी:-यौन सम्पर्क पनि एउटा आवस्यकता हो | जुन विषयमा सबैको चासो रहन्छ | श्रीमान् र श्रीमाती बीच यौन सम्बधले अझै प्रगाढता ल्याएको हुन्छ | यसको विषयमा आज धेरै अनुसन्धान पनि भैरहेको छ। तथ्यले नै बताउँछ की दुनियामा सबैभन्दा धेरै बिक्ने चिज भनेकै सेक्स र अपराधको विषय हो ।

सायद त्यहीँ बिकाउ चिज भएर होला दुनियामा यौनका विषयलाई लिएर अनगिन्ती अध्ययन अनुसन्धान भएका छन् ती मध्ये कतिपय केवल प्रचारबाजीका लागि मात्र समेत हुने गरेका छन् । कतिपय अध्ययन र त्यसका निष्कर्ष त सुन्दैमा हाँसो उठ्ने खालका हुन्छन् । विश्वमा भएका सेक्स सम्बन्धि पाँचवटा अध्ययन तथा त्यसका निष्कर्ष यस्ता छन्-

१. इन्टरनेटको आधा खर्च सेक्समै

विश्वास गर्नुस् नगर्नुस् । सन् २००५ मा भएको एक अध्ययन अनुसार इन्टरनेट प्रयोगकर्ताले इन्टरनेटमा खर्चिने मध्ये आधा भन्दा बढि रकम सेक्स सँग सम्बन्धित सामाग्रीमा गर्दछन् । इन्टरनेटमा पैसा तिरेर हेर्नुपर्ने भिडियो, फोटो तथा म्यागेजिन लगायतमा मानिसले यतिधेरै खर्च गर्दछन् की त्यो खर्च विश्वमा इन्टरनेटमा गरिने पूरै खर्चको आधा हुन आउँछ । यो सम्बन्धि अध्ययन सेक्सुअल एडिक्सन एण्ड कम्पल्सिटी जर्नलमा छापिएको थियो ।

२. भैपरी आउने सेक्स स्वास्थ्यका लागि फाइदाजनक

यौन सम्पर्क पूर्वयोजनाबद्ध भन्दा तत्क्षण तथा भैपरी भयो भने त्यो बढि सन्तुष्टिदायी तथा फाइदाजनक हुने एक अनुसन्धानले देखाएको छ । अमेरिकाको न्युयोर्क युनिभर्सिटी तथा कर्नेल युनिभर्सिटीका अनुसन्धानकर्ताहरुका अनुसार भैपरी तथा अनौपचारिक सेक्सले निरासा तथा डिप्रेसन घटाउने तथा आत्मविश्वास बढाउने काम गर्दछ ।

३. पुरुषले खानुपर्छ फर्सी, कारण हाँसोउठ्दो पो छ

अमेरिकाको दी स्मेल एण्ड टेष्ट टि्रटमेन्ट एण्ड रिसर्च फाउण्डेसनले गरेको अध्ययनले एउटा रोचक तथ्य पत्ता लगायो, जुन हाँसोउठ्दो पनि छ । उक्त अध्ययन अनुसार फर्सीको गन्धले पुरुषमा उत्तेजना बढाउँछ । फर्सीको गन्धले पुरुषको लिंगमा रक्तप्रवाह बढाउँछ । त्यसैले लिंग उत्तेजना नहुने समस्या रहेका पुरुषहरुले आफ्नो दैनिक भोजनमा फर्सीलाई समावेश गराउनु आवश्यक हुन्छ ।

४. लामो लिंग हुने पुरुषलाई श्रीमतीले धोका दिने

हाँसोउठ्दो तर सत्य । पब्लिक लाइब्रेरी अफ साइन्स जर्नलमा छापिएको शोध अनुसार पुरुषको लिंग जति लामो भयो उसलाई उसकी श्रीमतीले धोका दिने जोखिम उति नै बढि हुन्छ । बढि ठूलो आकारको यौनांग भएका श्रीमानका कारण श्रीमतीहरु दैनिक रुपमा त्रसित हुने र पीडा भोग्नु पर्नाका कारणले उनीहरुले सानो हतियारवाला पुरुषको खोजी गर्ने अध्ययनको निष्कर्ष छ ।

५. घरयासी धन्दा छाड्नुस्

यसअघिका अध्ययनहरुले घरको काममा श्रीमतीलाई सघाउने पुरुषहरुको यौन जिवन सुखी हुने र त्यस्ता दम्पतिहरुको यौन सन्तुष्टि बढि प्राप्त गर्ने देखाएका थिए । तर अमेरिकन सोसियोलोजिकल रिभ्यु जर्नलमा हालै छापिएको शोधले भने यसलाई गलत सावित गरेको छ ।

अमेरिकी शोध अनुसार श्रीमान-श्रीमतीले घरायासी कामधन्दा जति धेरै शेयर गर्छन् उनीहरुबीच उति नै कम सम्भोग हुन्छ । अर्थात् घरमा प्रायः महिलाले गर्ने कामहरु जस्तै सरसफाइ तथा भान्साको काम गर्ने पुरुषहरुले आफ्नी श्रीमतीसँग कम सहवास गर्दछन्, घरायासी धन्दा नगर्ने पुरुषहरुको तुलनामा ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई